Lovely Bhimad - Bhimad
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie



तनहुँ जिल्लाका ४६ गाविसमध्ये भिमाद नगरोन्मुख गाविस एक हो । पौराणिक कथन अनुसार भिमले सेती नदी थुनेर बाँध बाँधेको हुनाले यसको नाम भिम बाँध बाट अप्रभंश भएर भिमाद हुन गएको हो । पृथ्वीराजमार्गको खैरेनीटार स्थित मिलडाँडाबाट ७ किलोमिटर दक्षिणमा पर्ने यो गाउँ विकास समिति सेती नदीको पश्चिमीतटबाट यसको पूर्वी सिमाना सुरु हुन्छ । नदीको किनारै किनार २१सय मिटर लम्बाईमा फैलिएको भिमाद बजार तनहुँ जिल्लाकै एक व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै आएको छ । भिमाद बजारबाट पश्चिम र दक्षिणतर्फ११ वटा गाविसका लागि यहीबाट मोटरबाटोहरु छुट्टिएका छन् । बजारबाट पश्चिमतर्फभानुमति गाविस हुँदै स्याङजाको चित्रेभञ्ज्याङ तर्फपश्चिमतर्फनै भिमकाली ग्रामीण कृषि सडक अरुणोदय गाविसमा पुगेर स्याङजाको चित्रेभञ्ज्याङ तर्फर तनहुँ जिल्लाकै किहुँ गाविस हुँदै गजरकोट गाविसको डुम्रीवेशीबाट स्याङजा जिल्लाको साँखर मोहमी पार गरेर प्रसिद्ध धार्मिक स्थलको रुपमा सुपरिचित रहँदै आएको केलादीघाटसम्म यो मार्गले थिचोलेको छ । भिम गोफा मोटरमार्ग माझकोट गाविसको उत्तरी भेग र अरुणोदय गाविसको दक्षिणीतर्फाट किहुँको बोमा मदननगरसम्म पुगेको छ । त्यस्तै भिमाद बजारबाट दक्षिणतर्फसाभुङ भगवतीपुरको वेलभञ्ज्याङमा पुगेर पश्चिमतर्फजिल्लाको अन्तिम सिमाना गजरकोटको वैडीसम्म कृष्णमार्ग त्यस्तै दक्षिणतर्फकालीगण्डकीको किनारसम्म र पूर्वतर्फरानीपोखरी, कोटदरवार गाविस थिचोलेर सदरमुकाम दमौलीको दक्षिणतर्फभिरकोट गाविसको देउराली सम्म मोटरमार्गले थिचोलेको हुँदा भिमाद बजार भएर भानुमति, अरुणोदय, किहुँ, गजरकोट, सुन्धारा, माझकोट, साभुङ भगवतीपुर, राम्जाकोट, रानीपोखरी, कोटदरवार र काहुँ शिवपुर गाविसका दक्षिणतर्फ भागहरुमा खाद्यान्न, लत्ताकपडा एवं आवश्यक मालसामान ढुवानी लगायत त्यस क्षेत्रका वासिन्दाहरुको यातायातको लागि एकमात्र नाकाको रुपमा भिमाद बजार रहेको छ । त्यतिमात्र होइन भिमाद बजारबाट स्याङजा जिल्लाको चित्रेभञ्ज्याङ, क्याक्मी, साँखर मोहमी लगायत तनहँुको सिमानासँग जोडिएका पूर्वी दक्षिणि भेगका गाउँ विकास समितिहरुको लागि पनि भिमाद बजार पायक पर्ने स्थानमा रहेको छ । उता दक्षिणतर्फनवलपरासी जिल्लाको उत्तरी-पहाडी भूभागका लागि यही भिमाद बजार भएर आवातजावत गर्नुपर्ने हुँदा भिमाद बजारले यस क्षेत्रको ठूलो व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै आएको हो । र्

पर्यटकीय आकर्षण – १) भिमाद बजार प्रवेशमै निर्मित झलुङ्गे पुल झण्डै सय वर्षअगाडि तनहुँकै ढोरखानीबाट निकालेको फलाम पिटेर स्थानीय श्रमिक -आग्री) हरुद्वारा निर्मित साङले लठ्ठा ।
२) पुल नजिकै नदी किनारमा रहेका मन्दिरहरु ऐतिहासिक एवं पुरातात्विक महत्वको रुपमा अवस्थित छन् । जुन योगी स्व. नरहरीनाथले नेपालको इतिहास प्रकाशनको प्रथम भागमा त्यहाँको शिलालेख र ऐतिहासिक महत्वको बारेमा उल्लेख गरेका छन् ।
३) भिमाद बजारबाट पश्चिमतर्फअरुणोदय, भानुमति र भिमाद गाविसको बीचको पहरा ढन्डुर स्थित सिद्धगुफा सातौं तलासम्म विविध आकर्षा सहित अवलोकन गर्न सकिने । उक्त गुफाको बारेमा नेपाल टेलिभिजनले सात वर्षअगाडि यसको परिचयको बारेमा प्रसारण गरिसकेको छ । सिद्ध गुफा नजिकै रहेको दोस्रो चमेरे गुफा निकै ठूलो आकारमा रहेको छ भने त्यसको थप अनुसन्धान हुन बाँकी नै छ ।
नगदे बाली र फलफुलतर्फः भिमाद क्षेत्रमा आधारित माथि उल्लेखित गाविसहरु सुन्तला र अदुवा, मास खेतीको लागि प्रसिद्ध छन् ।
मेला पर्व र संस्कृतिः भिमाद बजारमा नयाँ वर्षो पहिलो दिन मेला लाग्ने गर्दछ । त्यस्तै असारको हरिसैन ठूलो एकादशी, हरितालिका तिज र कात्तीकको हरिबोधनी ठूलो एकादशीमा मेला लाग्दछ र हरिबोधनी एकादशीमा नदीमा फुल तोरङ तार्नेजस्ता परम्परागत कार्यहरु पनि हुने गर्दछन् । यस क्षेत्रमा कौरा, घाटु, सोरठी जस्ता जनजातिका लोकसंस्कृतिहरु विशेष महत्व राख्दछ । नेपालमै प्रसिद्ध रहेको कौरा गीतको उद्गम स्थल पनि यसै थलोका मगर जातिको हो ।
भिमाद बजार र यस वरपर बसोबास गर्ने जाति, जनजातिहरु – मगर, बाहुन, क्षेत्री, नेवार, विश्वकर्मा, परियार, थकाली, सार्की, कुमाल, अल्पसंख्यक मुसलमान, गुरुङ लगायतको बसोबास रहँदै आएको छ ।
भिमाद बजारमा सामाजिक संघसंस्था एवं सरकारी निकायहरु – एक क्याम्पस, एक उच्च मावि, तीन सामुदायिक प्राथमिक विद्यालय, पाँचवटा निजी तथा आवासीय विद्यालयहरु, इलाका प्रहरी कार्यालय, सिटीइभिटी अर्न्तर्गत एक ग्रामीण तालिम केन्द्र, एक कृषि सेवा केन्द्र, आरआईडिपी भवन, तीनवटा सहकारी संस्था आदि रहेका छन् ।
सञ्चारक्षेत्रः हुलाक सेवा, सिडीएम र नेपाल टेलिकमको मोवाइल टावर, केवल नेर्टवर्क ।
कृषि उत्पादन – धान, मकै, ग्रामीण क्षेत्रमा कोदो आदि ।
पशुपालन– भैसी, बाख्रा, गाई, गोरु, कुखुरा, बंगुर आदि । तनहुँ जिल्लाका ४६ गाविसमध्ये भिमाद नगरोन्मुख गाविस एक हो । पौराणिक कथन अनुसार भिमले सेती नदी थुनेर बाँध बाँधेको हुनाले यसको नाम भिम बाँध बाट अप्रभंश भएर भिमाद हुन गएको हो । पृथ्वीराजमार्गको खैरेनीटार स्थित मिलडाँडाबाट ७ किलोमिटर दक्षिणमा पर्ने यो गाउँ विकास समिति सेती नदीको पश्चिमीतटबाट यसको पूर्वी सिमाना सुरु हुन्छ । नदीको किनारै किनार २१सय मिटर लम्बाईमा फैलिएको भिमाद बजार तनहुँ जिल्लाकै एक व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै आएको छ । भिमाद बजारबाट पश्चिम र दक्षिणतर्फ११ वटा गाविसका लागि यहीबाट मोटरबाटोहरु छुट्टिएका छन् । बजारबाट पश्चिमतर्फभानुमति गाविस हुँदै स्याङजाको चित्रेभञ्ज्याङ तर्फपश्चिमतर्फनै भिमकाली ग्रामीण कृषि सडक अरुणोदय गाविसमा पुगेर स्याङजाको चित्रेभञ्ज्याङ तर्फर तनहुँ जिल्लाकै किहुँ गाविस हुँदै गजरकोट गाविसको डुम्रीवेशीबाट स्याङजा जिल्लाको साँखर मोहमी पार गरेर प्रसिद्ध धार्मिक स्थलको रुपमा सुपरिचित रहँदै आएको केलादीघाटसम्म यो मार्गले थिचोलेको छ । भिम गोफा मोटरमार्ग माझकोट गाविसको उत्तरी भेग र अरुणोदय गाविसको दक्षिणीतर्फाट किहुँको बोमा मदननगरसम्म पुगेको छ । त्यस्तै भिमाद बजारबाट दक्षिणतर्फसाभुङ भगवतीपुरको वेलभञ्ज्याङमा पुगेर पश्चिमतर्फजिल्लाको अन्तिम सिमाना गजरकोटको वैडीसम्म कृष्णमार्ग त्यस्तै दक्षिणतर्फकालीगण्डकीको किनारसम्म र पूर्वतर्फरानीपोखरी, कोटदरवार गाविस थिचोलेर सदरमुकाम दमौलीको दक्षिणतर्फभिरकोट गाविसको देउराली सम्म मोटरमार्गले थिचोलेको हुँदा भिमाद बजार भएर भानुमति, अरुणोदय, किहुँ, गजरकोट, सुन्धारा, माझकोट, साभुङ भगवतीपुर, राम्जाकोट, रानीपोखरी, कोटदरवार र काहुँ शिवपुर गाविसका दक्षिणतर्फ भागहरुमा खाद्यान्न, लत्ताकपडा एवं आवश्यक मालसामान ढुवानी लगायत त्यस क्षेत्रका वासिन्दाहरुको यातायातको लागि एकमात्र नाकाको रुपमा भिमाद बजार रहेको छ । त्यतिमात्र होइन भिमाद बजारबाट स्याङजा जिल्लाको चित्रेभञ्ज्याङ, क्याक्मी, साँखर मोहमी लगायत तनहँुको सिमानासँग जोडिएका पूर्वी दक्षिणि भेगका गाउँ विकास समितिहरुको लागि पनि भिमाद बजार पायक पर्ने स्थानमा रहेको छ । उता दक्षिणतर्फनवलपरासी जिल्लाको उत्तरी-पहाडी भूभागका लागि यही भिमाद बजार भएर आवातजावत गर्नुपर्ने हुँदा भिमाद बजारले यस क्षेत्रको ठूलो व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै आएको हो । र्

पर्यटकीय आकर्षण – १) भिमाद बजार प्रवेशमै निर्मित झलुङ्गे पुल झण्डै सय वर्षअगाडि तनहुँकै ढोरखानीबाट निकालेको फलाम पिटेर स्थानीय श्रमिक -आग्री) हरुद्वारा निर्मित साङले लठ्ठा ।
२) पुल नजिकै नदी किनारमा रहेका मन्दिरहरु ऐतिहासिक एवं पुरातात्विक महत्वको रुपमा अवस्थित छन् । जुन योगी स्व. नरहरीनाथले नेपालको इतिहास प्रकाशनको प्रथम भागमा त्यहाँको शिलालेख र ऐतिहासिक महत्वको बारेमा उल्लेख गरेका छन् ।
३) भिमाद बजारबाट पश्चिमतर्फअरुणोदय, भानुमति र भिमाद गाविसको बीचको पहरा ढन्डुर स्थित सिद्धगुफा सातौं तलासम्म विविध आकर्षा सहित अवलोकन गर्न सकिने । उक्त गुफाको बारेमा नेपाल टेलिभिजनले सात वर्षअगाडि यसको परिचयको बारेमा प्रसारण गरिसकेको छ । सिद्ध गुफा नजिकै रहेको दोस्रो चमेरे गुफा निकै ठूलो आकारमा रहेको छ भने त्यसको थप अनुसन्धान हुन बाँकी नै छ ।
नगदे बाली र फलफुलतर्फः भिमाद क्षेत्रमा आधारित माथि उल्लेखित गाविसहरु सुन्तला र अदुवा, मास खेतीको लागि प्रसिद्ध छन् ।
मेला पर्व र संस्कृतिः भिमाद बजारमा नयाँ वर्षो पहिलो दिन मेला लाग्ने गर्दछ । त्यस्तै असारको हरिसैन ठूलो एकादशी, हरितालिका तिज र कात्तीकको हरिबोधनी ठूलो एकादशीमा मेला लाग्दछ र हरिबोधनी एकादशीमा नदीमा फुल तोरङ तार्नेजस्ता परम्परागत कार्यहरु पनि हुने गर्दछन् । यस क्षेत्रमा कौरा, घाटु, सोरठी जस्ता जनजातिका लोकसंस्कृतिहरु विशेष महत्व राख्दछ । नेपालमै प्रसिद्ध रहेको कौरा गीतको उद्गम स्थल पनि यसै थलोका मगर जातिको हो ।
भिमाद बजार र यस वरपर बसोबास गर्ने जाति, जनजातिहरु – मगर, बाहुन, क्षेत्री, नेवार, विश्वकर्मा, परियार, थकाली, सार्की, कुमाल, अल्पसंख्यक मुसलमान, गुरुङ लगायतको बसोबास रहँदै आएको छ ।
भिमाद बजारमा सामाजिक संघसंस्था एवं सरकारी निकायहरु – एक क्याम्पस, एक उच्च मावि, तीन सामुदायिक प्राथमिक विद्यालय, पाँचवटा निजी तथा आवासीय विद्यालयहरु, इलाका प्रहरी कार्यालय, सिटीइभिटी अर्न्तर्गत एक ग्रामीण तालिम केन्द्र, एक कृषि सेवा केन्द्र, आरआईडिपी भवन, तीनवटा सहकारी संस्था आदि रहेका छन् ।
सञ्चारक्षेत्रः हुलाक सेवा, सिडीएम र नेपाल टेलिकमको मोवाइल टावर, केवल नेर्टवर्क ।
कृषि उत्पादन – धान, मकै, ग्रामीण क्षेत्रमा कोदो आदि ।
पशुपालन– भैसी, बाख्रा, गाई, गोरु, कुखुरा, बंगुर आदि ।





सिद्ध गुफा एक चिनारी


सिद्ध गुफा भिमाद बजारबाट पश्चिम पट्टी अंदाजी ५ कि.मी टाढा जीदी खोलाको दायाँ चीर भूम पट्टीको पाखामा यो रहस्यमय गुफा अवस्थित छ । यसको विशेषताबारे विभिन्न समयमा विभिन्न विचारहरु हुने गरेको पाइन्छ । तरपनि यो गुफालाई राम्रो राम्रोसंग नियाल्ने हो भने जो कसैलाई पनि यसको इतिहास बारे आफसेआफ प्रश्न उठ्न सक्छ, यो गुफा कसले, कहिले र किन बनायो होला - यसै प्रसङ्गमा योगी नरहरी नाथको भनाईमा पारवान राज्यको समयमा खानीबाट सुन निकालिन्थ्यो । यसै गरी ब्यक्ति पिच्छे उत्तर मिल्ने यो गुफा अवश्य पनि रहस्यमय छ । यस गफाको बारे म लेखकको विचार मैले आफ्नो अप्रकाशित कृति राङ्गरुङ्गको संक्षिप्त इतिहास नामक खण्डकाब्यमा प्रकट गरेको छु ।
प्रसङ्गमाः
“आदि मानवको निवास स्थल हो भन्ने प्रष्ट छ ।
आधर छन् यसका सबै तरहले मान्नै पनि पर्दछ ।
खेतीको तरकिव थिएन उत्खत्् मानव सिकारी थिए ।
ग्ााँउमा घर पनि हुन्नथ्यो र पहिले गुफाहरु घर थिए ।”
त्यसैलेः
गुफा, ओडार, ककेराहरु नै मानव घर थिए यी सवै प्राकृतिक हुन् र मानव पनि प्रकृतिमा नै निर्भर थिए । जुनवेला मानवको घर नै गुफा कन्दरा ओडार हुन्थे त्यसवेला अवश्य पनि गुफा एक ठूलो घर थियो । प्रकृतिकले कस्तो आकार दिएको त्यसवेला आफ्नो अनुकुल बनाउन मानव बुद्धी प्रयोग भयो होला त्यसैले भित्र भित्र साना ठूला धेरै कोठाहरु, चोक वरण्डा ओछ्यान -विस्तारा) आदि बने । जो नियाल्दा प्रष्ट छन् । यस्ता गुफा कन्दराहरु, भेकमा अरु पनि छन् जसमा जंगली -प्राकृतिक) मानवहरु बस्ने गर्दथे । प्रसङ्गमा यसै सिद्ध गुफालाई लक्ष्य गरेरः
“अर्को एक गुफा छ, सुन्दर यहीं तलैतला निर्मित्त ।
आदि मानवको निवास यही लतै लतामा बेष्टित ।।
शिद्धेश्वरहरु बस्दछन् यसमहाँ भन्ने जन श्रुती छ ।
उनकै नाम र भावले अझ पनि पूजा यहाँ चल्दछ ।।
त्यसैले आधुनिक सभ्यताको दृष्टिबाट अलि ओझेलमा परेको थियो । यो गुफा विस्तार विस्तार ओझेलबाट उज्यालो तर्फबढेको अवस्था छ । हालै यस भेकका समाज सुधारक ब्यक्तिहरु क्ो प्रयास भिमाद बजारबाट मोटर बाटो यस गुफाको प्राङ्गण सम्म सम्पन्न भई सकेको छ । अव छिट्टै नै यसको उद्घाटन कार्य हुदैँ छ । अव छिट्टै नै यसको उद्घाटन कार्य हुदैँछ । अव निकट भविष्यमा नै, यो गुफाको महत्व खुल्नेछ । आशा छ नेपालका कुनै पनि गुफा भन्दा यो गुफा बढि रहस्यमय भएको पाउनेछौ ।


भिमाद तनहूँको भिमाद बजार जुन सेति नदीको कटानको कारणले जोखिममा रहदै आएको छ । तस्वीरः-हाम्रो तनहूँ



पुल - तनहू जिल्लाको दक्षिण तर्फो प्रवेशद्वारको रुपमा रहेको भिमाद स्थित सेतीनदीको पुल । पुलमा बिछ्याइएका काठका फलेक जिर्ण्र्ाएर गाडिहरूको टायर छिर्ने अवस्थामा पुग्दा पनि कसैले पनि मर्मतको चासो देखाएका छैनन् ।तस्वीर-सुमन वन्धु भण्डारी



 

भिमाद स्थित शिवालय मन्दिरः भिमाद स्थित पुरानो बजारको सेती नदी किनारमा अवस्थीत यो ऐतिहासिक मन्दीर र यस वरपरको गुठीको जमिन अतिक्रमण हुँदै गएकोले यो व्यवारिसे र जिर्ण्र् क्रम बढ्दै गएको छ । मन्दिर १८१७ मा निर्माण भएको त्यहाँको शिलाले पुष्टि गरेको छ ।   तस्विरःसुमनबन्धु भण्डारी




मञ्चमा क्रमश बायाँँबाट कार्यक्रम कार्यक्रमका सभापति दधिराज सुवेदी, प्रमुख अतिति सुवासचन्द्र नेवाङ् र प्रमुख वाचक प. कमलनयन गौतम

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free