Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
एकै गाविसका बाह्र जना एचआइभी सङ्क्रमित
हाम्रो तनहुँ on 06/24/2010 at 9:12am (UTC)
 स्याङ्जामा एउटै गाविसमा १२ जना एचआइभी संक्रमित भएको भेटिएको छ ।
पश्चिम स्यांजाको श्रीकृष्ण गण्डकी गाविसमा मात्रै १२ जना सक्रमित रहेको तथ्याङ्क र्सार्वजनिक भएको हो ।
एचआइभी संक्रमितको पुनःस्थापना तथा सहयोगका काम गर्दैआएका गैरसरकारी संस्था सङ्कल्प सहयोग समूह र बहुउद्देश्यीय सामुदायिक विकास समाज संस्थाको पहलमा गाविसमा सञ्चालित एचआइभी/एड्स समन्वयसम्बन्धी गाविसस्तरीय छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
संकल्प सहयोग समूहका कार्यक्रम निर्देशक लक्ष्मण खाँणले जिल्लाका सबैभन्दा जोखिममा पकवादी, खिलुङदेउराली, श्रीकृष्णगण्डकी, रत्नपुर, कुवाकोट, दहथुम, केवरे, राङ्भाङ्, जगत्रदेवी, तीनदोवाटे, कालिकाकोट, आलमदेवी, स्वरेक, पेलाकोटलगायत गाविस रहेको बताउनुभयो ।
स्याङ्जामा मात्रै सर्म्पर्कमा आएका सङ्क्रमितको सङ्ख्या १९० रहेको समूहका फिल्ड सहायक चन्द्र रानाले जानकारी दिनुभयो । गत माघमा जिल्लामा १ सय ५४ जना सक्रमित भएको तथ्याङ्कले देखाएको थियो ।
 

छात्रा रुने कराउने गरेपछि विद्यालय वन्द
पूर्ण विके on 06/22/2010 at 2:37pm (UTC)
 तनहुँ, अषाढ ८ - विद्यालयमा अध्ययनरत छात्रा रुने कराउने गरेपछि रिसिङ्ग रानिपोखरीस्थित दिपक माविको निमावि तहसम्मको पठनपाठन सोमवारदेखि अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

विद्यालयका प्रद्यानाध्यापक विद्यासागर तिवारीले १५ देखि १७ वर्ष उमेर समुहका छात्राहरु एक्कासी रुने कराउने गरेपछि अभिभावकको सल्लाहमा नै सोमवारदेखि निमावि तहको पढाई स्थगित गरिएको वताए ।

'छात्राहरुमा अनौठो लक्षण देखिएपछि कक्षाको पठनपाठन स्थगित गर्‍यौं ।' तिवारीले कक्षा नौ र दशका विद्यार्थीमा भने कुनै समस्या नदेखिएको वताउँदै भने, 'ठुला छात्रामा त्यस्तो समस्या देखिएको छैन ।'

उनले विद्यालय व्यवस्थापन समितिका अभिभावकहरुले पठाई स्थगित गर्ने निर्णय गरेपछि पठनपाठन स्थगित गरिएको जानकारी दिए । विद्यालयका शिक्षक नारायण कैलाश सिग्देलले विद्यार्थीहरुमा करिव एक साता पहिलेदेखि नै समस्या देखिएको वताए । 'विद्यार्थीहरुमा यस्तो समस्या विगतमा थाहा पाएनौं ।' सिग्देलले दैनिक करिव तीन जना विद्यार्थीहरु छाती पिट्ने, घाँटी अठ्याउने, आमा वावा भन्दै कराउने लक्षण देखिएको वताउदै भने, 'त्यस्तो वेला ५/७ जनाले समेत नियन्त्रण गर्न सक्थेनौं ।' उनले विद्यार्थीका अभिभावकलाई वोलाएर अस्पताल लैजान आग्रह गरिएको जानकारी दिए ।

सिग्देलले अधिकांश अभिभावकले विद्यार्थीहरुलाई झारफुक गर्न धामीझाँक्रीकोमा लैजाने गरेको वताए । उनले मंगलवार पनि कक्षा १० की एक छात्राले टाउको दुख्यो भन्दै पढ्न नसकेको भन्दै घर फर्किएकी वताए । उनले छात्रहरुमा भने केही समस्या नदेखिएको जानकारी दिए । उनले भने, 'छात्राहरुमा यस्तो समस्या देखिएपछि हामी त अन्यौलमा परेका छौं ।'

विद्यालय भिमाद वजारदेखि करिव सात किलो मिटर दक्षिण तर्फ पर्छ भने विद्यालयमा चार सय ७५ विद्यार्थी अध्ययन गर्छन् ।
 

राजिनामा नआए माओवादीले बजेट र नीति-कार्यक
नागरिक on 06/22/2010 at 11:47am (UTC)
 काठमाडौं, असार ८ (नागरिक)- माओवादी नेता नारायणकाजीले प्रधान मन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन।
उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्‍याए।

बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ। पोलिटब्युरो सदस्यहरुका सुझावलाई समेटेर अध्यक्ष पुष्पकमल दाहालले आफूद्वारा जारी प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्।

त्यसपछि सरकारमा जाने वा नजाने, बजेट अधिवेशन, सेना समायोजनको मोडालिटीलगायतका विषयमा पार्टीको आधिकारिक धारणा तय र सार्वजनिक हुने बताइएको छ।
 

जापानी राजदूतद्वारा सहयोग निरन्तरताको बच
कान्तिपुर संवाददाता on 06/22/2010 at 11:36am (UTC)
 काठमाडौँ, अषाढ ८ - प्रधानमन्त्री माधवकुमार नेपालसँग मंगलबार नेपालका लागि जापानका कार्यवाहक राजदूत ताडासी फुजिवाराले भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल-जापानबीचको घनिष्ट सम्बन्ध, द्विपक्षीय हितका मामिलका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति जुटाउन आफूले पहल गरिरहेको बताएका थिए ।

भेटमा कार्यवाहक राजदूत फुजिवाराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याई संविधान निर्माण गर्ने कार्यमा जापानले नेपाल सरकार र राजनीतिक दलहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नयाँ संविधान निर्माणपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फको नयाँ यूगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल र नेपाली जनताको आकांक्षा पूरा गर्न जापानले आगामी दिनमा अझ सक्रियतापूर्वक सहयोग गर्ने विश्वास समेत दिलाएका थिए ।


 

आजदेखि लोडसेडिङ घट्यो
कान्तिपुर संवाददाता on 06/22/2010 at 11:35am (UTC)
 काठमाडौं, अषाढ ८ - नेपाल विद्युत प्रधाकिरणले मंगलबारदेखि लागु हुने गरी लोडसेडिङ कटौती गरेको छ । नदिहरुमा पानी बढेको भन्दै प्राधिकरणले लोडसेडिङ घटाएको हो ।

प्राधिरणका अनुसार मंगलबारदेखि लोडसेडिङ दैनिक पाँच घण्टामात्र हुने छ । पछिल्लो समय लोडसेडिङ घटाए पनि नदिमा पानी घटेको भन्दै प्राधिकरणले जेठ अन्तिम साता हप्तामा ५४ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
 

युनिटी अस्पताल बाग्लुङका अध्यक्ष पक्राउ
नागरिक on 06/22/2010 at 11:32am (UTC)
 दिलीप पौडेल, वाग्लुङ, असार ८- युनिटी अस्पताल बाग्लुङका अध्यक्ष अशोकगोविन्द राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष भण्डारीलाई मङ्गलबार बिहान बागलुङ सहकारीको कार्यालयबाट पक्राउ गरेको हो। बागलुङ सहकारीका सचिवसमेत रहेका राजभण्डारीलाई बैठक बसिरहेको अवस्थामा प्रहरीले पक्राउ पूर्जी थमाएको थियो।
प्रहरीले पूर्जी थमाएपछि राजभण्डारी प्रहरीको भ्यानमा जान इन्कार गरेपछि बागलुङ सहकारीका पदाधिकारी र प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

युनिटी नेटवर्किङ गैरकानुनी भएको थाहा पाएपछि युनिटीपीडित सदस्यहरुले उजुरी दिएपछि राजभण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 'युनिटी सदस्यको उजुरी र यसअगाडि पक्राउ परेका युनिटी लिडर मुरारि केसीले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए। 'हिरासतमा रहेका युनिटी लिडर केसीले पनि अस्पतालका अध्यक्षको संलग्नता रहेको बताए। खनालले भने- थप अनुसन्धानका लागि सहयोग पुगोस् भनेर पक्राउ गरेका हौँ।

प्रहरीले राजभण्डारीलाई मङ्गलबार नै जिल्ला अदालतमा पेश गरी थप तीन दिनका लागि म्याद थपेको छ। डेढ साताअगाडि पक्राउ परेका युनिटी लिडर केसीको मुद्दा जिल्ला अदालतमा चलिरहेको छ। सर्वसाधारणलाई युनिटीको सदस्य बनाएर ठगी गरेको आधारमा पक्राउ परेका केसी पनि डेढ सातादेखि प्रहरी हिरासतमा छन्।
 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free