Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
दलबीच सहमति जुटाउन पहल गरिरहेको छु : प्रधान &
नागरिक on 06/22/2010 at 11:31am (UTC)
 काठमाडौं, असार ८ (नागरिक)- प्रधान मन्त्री माधवकुमार नेपालले संविधानसभाको समयावधि थप गरिएपछि शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याएर नयाँ संविधान निर्माण गर्ने दिशामा मुलुकलाई अगाडि बढाउन राजनीतिक दलबीच सहमति जुटाउन आफूले पहल गर्दै आएको बताएका छन्। नेपालसँग मङ्गलबार नेपालका लागि जापानका कार्यबाहक राजदूत ताडासी फुजिवाराले गरेका भेटका क्रममा उनले यस्तो बताएका हुन। भेटमा उनीहरुबीच नेपाल–जापानबीचको घनिष्ट सम्बन्ध, द्विपक्षीय हितका मामिलका सम्बन्धमा कुराकानी भएको थियो।


भेटमा कार्यबाहक राजदूत फुजिवाराले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याई संविधान निर्माण गर्ने कार्यमा जापानले नेपाल सरकार र राजनीतिक दललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले नयाँ संविधान निर्माणपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै नेपाल र नेपाली जनताको आकाङ्क्षा पूरा गर्न जापानले आगामी दिनमा अझ सक्रियपूर्वक सहयोग गर्ने विश्वाससमेत दिलाएका थिए।
 

साउदीमा रमेश गिरीहरु
होम कार्की on 06/22/2010 at 11:29am (UTC)
 सा उदी अरबमा मृत्यु भएका मोरङ बेलबारीका रमेश गिरीकोे मुख २२ महिनापछि मात्र परिवारले देख्न पायो । वैदेशिक रोजगारीमा गएका कामदारहरूको विदेशमा मृत्यु भएपछि परिवारले कतिसम्म कष्ट सहनुपर्छ भन्ने यो एउटा दुखद उदाहरण हो । छोराकै शव नआउँदै शोकमा डुबेकी आमाले मृत्युुवरण गरिन् । उनको शव स्वदेश ल्याउन परिवारले प्रमुख दल माओवादी, एमालेका प्रभावशाली नेताको दैलो चहानर्र्‍यो । श्रमिकका हकहितको वकालत गर्ने टे्रड युनियनकर्मी, परराष्ट्रमन्त्रालय हुँदै प्रधानमन्त्री तहसम्म पुग्दा पनि सुनुवाइ भएन । केही समयअघि स्याङजाका कृष्णलाल शर्माको १८ महिनापछि शव आइपुग्को थियो । ९ महिनाभन्दा अघि मृत्यु भएका आधा दर्जन नेपाली कामदार शम्भुलाल श्रेष्ठ, हर्कबहादुर मगर, दुतबहादुर बुढा, हर्कबहादुर बिक र गंगा थापालगायतका शव साउदीकै विभिन्न अस्पतालहरूमा अझै पनि अलपत्र छन् । ती शव स्पोन्सर पत्ता नलागेर, स्वदेश ल्याउन परिवारले खर्च बेहोर्न नसकेर र कम्पनी मालिकले जिम्मा नलिएर अलपत्र परेको हो ।
साउदी नियमानुसार कामदारको शव बढीमा दुई महिनासम्ममा स्वदेश पठाइसक्नुपर्छ । अस्पतालले दैनिक रूपमा सेवा शुल्क लिनुका साथै त्यहाँको सरकारी नियमानुसार जरिवानासमेत तिनुपर्छ । लामोसमय भएमा साउदी सरकारले त्यहीँ नै गाडिदिन्छ । शव ल्याउन ढिलाइ हुने कारणमध्ये कामदार गैरकानुनी हुनु, दूतावास बालियो र आर्थिक रूपमा सक्षम नहुनु र म्यानपावर कम्पनी जबाफदेही नहुनु प्रमुख हुन् । 'हामी त रमेश गिरीको मुद्दामा सफल भयौं,' दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहाल भन्छन्- 'उसको स्पोन्सर -साउदी आउन अनुमति दिने व्यक्ति) पहिचान गर्न सक्यौं । पैसा तिरेर हुने काम भयो तर स्पोन्सर पत्ता नलागेको र नलाग्ने धेरै कामदार यहाँ छन् ।'

साउदीमा स्पोन्सरले अनुमति नदिएसम्म कुनै पनि हालतमा स्वदेश फिर्न

पाइँदैन । त्यो मरेको मान्छेलाई पनि लागू हुन्छ । स्पोन्सर पत्ता नलागेको अवस्थामा शव साउदीमै बस्छ । रमेश गिरीको शव आफन्तले बुझ्दै गर्दा ड्राइभर काममा साउदी उड्न लागेका दोलखा बुलुुङका कृष्णबहादुर श्रेष्ठ भन्दै थिए- 'म्यानपावर कम्पनीले जहाज चढ्नेबित्तिकै यो श्रम स्वीकृतिको कागज च्यातिदिनु भनेको छ । उसले दिएको नम्बरमा फोन गरेपछि अर्को कम्पनी लिन आउँछ रे Û'

मृतक गिरी बलबहादुर तामाङको स्काइ ओभरसिजमार्फत साउदी पुगेका रहेछन् । उनले काम गर्ने कम्पनीमा तामाङसँग सम्झौता गरेअनुसार तलब र सुविधा नपाएपछि भागेर दोस्रो कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परेर यो अवस्था भोग्नुपर्‍यो । त्यस्तै श्रेष्ठले पनि यहाँ सम्झौता गरेबमोजिम तलब र सुविधा नपाए भाग्नुको विकल्प छैन । 'म्यानपावरसँग सम्झौता गरेअनुुसार काम, तलब र अन्य सेवासुविधा नपाएपछि साउदी आएकै दिनदेखि कामदार भाग्छन्, दाहालको भनाइ छ- 'यस्ता करिब ७० हजार कामदार उच्च जोखिममा छन् ।'

उनीहरूको असामयिक निधन भएमा रमेश गिरीकै हालत हुन्छ । भागेका कामदारको जिम्मेवारी, दायित्व, स्पोन्सर/ कम्पनीले लिँदैन, त्यस्ताको परिचयपत्र, बिमा बन्दैन । सरकारी अस्पतालमा औषधि उपचारबाट वञ्चित हुनुपर्छ । मृत्यु भए आवश्यक खर्च पीडित परिवारको काँधमा आइपर्छ । आर्थिक अभावका कारण विकल्प नभएपछि कुनै परिवारले साउदीमै शव गाडिदिन दूतावासलाई अनुरोध पनि गर्छन् । सरकारले कामदारका परिवारको यो पीडा बुझ्न सकेको छैन ।

पीडित परिवारले मृतकको शव ल्याउन पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई मात्रै दबाब दिने गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदार नफर्केसम्म पठाउने म्यानपावर कम्पनीको जिम्मेवारी कानुनले नै स्पष्ट पारेको छ । पीडित परिवारले सम्बन्धित म्यानपावर कम्पनीलाई दबाब दिनुपर्छ । वैदेशिक रोजगार विभागले पनि शव नझिकाएसम्म त्यस्ता म्यानपावरलाई श्रमस्वीकृति दिने कार्य रोक्न सक्नुपर्छ ।

अर्कोतर्फ श्रमस्वीकृतिमा सावधानी नअपनाइएको, नक्कली मागपत्रका आधारमा श्रमस्वीकृतिमा आएका कामदारहरू भाग्ने प्रवृत्तिलाई रोक्न सक्नुपर्छ । त्यसका लागि दूतवास र वैदेशिक रोजगार विभागबीच समन्वय हुनु जरुरी छ । अहिले दूतावासले मात्रै मागपत्रमा प्रमाणीकरण गरेकालाई आधार मानेर श्रमस्वीकृति हुनुपर्छ भन्ने दूतावासको माग छ । यसले ठगी कार्य नियन्त्रण गर्न सकिन्छ । कुन कामदार कहाँ कार्यरत छ भन्ने जानकारी हुन्छ । कामदार भागेर केही भइहाले उसको स्पोन्सर पत्ता लाग्ने र आवश्यक खर्च बेहोरेर समयमै शव स्वदेश पठाउन सकिन्छ । होइन भने दूतावासकै शब्दमा रमेशको शवलाई त ढिलै भए पनि पठायौं, यस्ता हजारौं रमेशहरू छन्, उनीहरूको हालत जनावर सरह हुन सक्छ ।

hom.reporter@gmail.com
 

सर्पको टोकाइले महिलाको मृत्यु
कान्तिपुर संवाददाता on 06/22/2010 at 11:28am (UTC)
 निजगढ , अषाढ ८ - बढ्दो गर्मीसँगै सर्पको विगविगी बढेको छ । विषालु सर्पको टोकाईले सोमवार स्थानीय एक महिलाको मृत्यु भएको छ । बाराको हरैया १ की ३० वर्षीय मनकुमारी थापाको मृत्यु भएको हो । घर छेउमै काम गरिरहँदा सर्पले उनलाई टोकेको थियो ।स्थानीय सोनालाल साहका अनुसार उपचार गर्न समयमा अस्पताल नपुर्याई गाउँमै धामी भाँक्रीको विश्वासमा बसेकोले उनको मृत्यु भएको हो । कलैया अस्पतालका अनुसार गत बैशाख र जेठमा सर्पको टोकाईले छ जना भन्दा बढीको मृत्यु भएको छ ।
 

दैनिक हजार कामदार बिदेसिन्छन्
योगेश खतिवडा on 06/22/2010 at 11:26am (UTC)
 काठमाडौ, अषाढ ८ - मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उच्च वृद्धि भएको छ । जेठ महिनामा दैनिक एक हजारभन्दा बढी नेपाली कामको खोजीमा बिदेसिएका छन् ।

यसअघि सामान्यतय दैनिक औसतमा ५ देखि ६ सयको नेपाली कामका लागि विदेशीने तथ्यांक आइरहेको बेला जेठ महिनाको तथ्यांकले दैनिक एक हजार नाघेको देखाएको हो । मलेसियामा जानेको संख्या उच्चदरले बढेको छ । जेठमा बिदेसिने कामदारको कुल संख्यामा आधा मलेसिया गएका छन् । अर्कोतिर मेसिन रिडेबल पासपोर्ट

(एमआरपी) जारी नभएको अवस्थामा हाल परराष्ट्र मन्त्रालयबाट मात्र पासपोर्ट वितरण गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने बताइए पनि बिदेसिनेको संख्या उच्चदरमा बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनाको संख्या एक महिनामा बिदेसिएका कामदारको संख्यामा हालसम्मकै सबैभन्दा बढी हो । यो अघिल्लो वर्षको सोही अवधिमा तुलनामा करिब साढे दुई गुणा बढी हो भने यस वर्षको वैशाखको भन्दा धेरै हो । 'जेठ महिनामा ३१ हजार ६ सय ३६ नेपाली कामदार कामको खोजीमा बिदेसिएका छन्,' विभागको तथ्यांकमा छ, 'गत वर्ष सोही अवधिमा १२ हजार ७ सय १८ नेपाली कामदार बिदेसिएका थिए ।' यस वर्षको वैशाख महिनामा २९ हजार १ सय ४० नेपाली बिदेसिएका थिए ।

मलेसियामा जाने कामदारको संख्या उच्चदरले बढेको र पासपोर्ट लिएर राखेकाले नयाँ पासपोर्ट सहज रूपमा उपलब्ध नभएका बेला पुरानालाई लगातार पठाएकाले जेठ महिनामा यो संख्या उच्च दरमा बढेको छ । यस्तै मुलुकमा कायम राजनीतिक अन्योलले नेपाली कामदारलाई विदेश जान उत्साहित बनाएको छ । यसरी उच्च मात्रामा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा अल्पकालमा मुलुकको अर्थतन्त्रमा सकारात्मक असर पर्ने देखिन्छ । बिदेसिनेको संख्यासँगै रेमिट्यान्स बढ्ने हुँदा देशले भोगिरहेको शोधानान्तर घाटा कम गर्न यसबाट सहयोग मिल्ने विज्ञहरूको भनाइ छ । तर श्रम शक्ति बिदेसिनु र रेमिट्यान्समा अर्थतन्त्र निर्भर हुँदै जानु दीर्घकालका लागि भने राम्रो होइन । मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सको हिस्सासमेत बढ्ने विज्ञहरू बताउँछन् ।

'मलेसियामा केही महिनादेखि बढेको नेपाली कामदारको मागका कारण जेठमा बिदेसिनेको संख्या उच्च विन्दुमा पुगेको हो,' श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने । मलेसियाले बंगलादेशबाट कामदार लैजान रोक लगाएको अवस्थामा केही महिनादेखि नेपालीको माग उच्च दरमा बढेको छ । भट्टराईले पासपोर्ट अभाव भएको अवस्थामा एजेन्टले 'होल्ड' गरेर राखेको पाटपोर्टको काम तीव्र गतिमा अगाडि बढाएकाले पनि धेरै कामदार बिदेसिएको बताए ।

उनका अनुसार यसरी बिदेसिने कामदार खाडी मुलुक र मलेसिया जाने सबैभन्दा बढी छन् । 'करिब ९४ प्रतिशत नेपाली खाडी र मलेसियामा काम गर्न जान्छन्,' उनले भने । तर सबैभन्दा बढी हिस्सा भएको खाडी र मलेसियाको कमाइ राम्रो नभएकाले कामदार बाहिरिएको अनुपातमा रेमिट्यान्स भित्राउन सकेको छैन । यस्तो अवस्थालाई कम गर्न कोरिया र जापान जस्ता आकर्षक गन्तव्यलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनाल यस महिना बिदेसिएका कामदार जाने प्रक्रिया ३ महिनाअघि सुरु भएकाले जेठमा कामदार बढेको बताउँछन् । 'पासपोर्टको समस्याले आगामी महिनादेखि बिदेसिनेको संख्यामा गिरावट आउनेछ,' उनले भने । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव हटेकाले गत आवको जेठमा भन्दा अहिले उल्लेख्य संख्यामा नेपाली बिदेसिएका हुन् । 'गत आवको वैशाखदेखि असारसम्म वैदेशिक रोजगारीमा जानेको संख्या धेरै कम थियो,' सहसचिव भट्टराईले भने, 'अहिले मन्दीको प्रभाव हटेकाले पनि तथ्यांक माथि लाग्न सहयोग पुगेको हो ।'

विभागका अनुसार जेठमा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । 'यस अवधिमा १५ हजार ५ सय ८२ कामदार बिदेसिएका छन्,' विभागको तथ्यांकमा छ, 'चालू आवको पहिलो ११ महिनामा ९८ हजार ५ सय ९ जना मलेसिया गएका छन् ।' त्यस्तै जेठमा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स जाने कामदारको संख्या ६ हजार २ सय ६५, ५ हजार १ सय ५० र २ हजार ७ सय ५९ रह्यो ।

गत आव र चालू आवमा बिदेसिएका नेपालीको तथ्यांक

आव ०६५/०६६ ०६६/०६७ परिवर्तन

साउन २३१०० १८४२९ -४६०८

भदौ २५०११ २२७२७ -२२८४

असोज १७३९१ १४४६२ -२९२९

कात्तिक २०५१४ १९५१५ -९९९

मंसिर १८६७८ २४६०५ ५९१८

पुस १७३७८ २६००० ८६२२

माघ १८२७८ २११५८ २८८०

फागुन १७५०० २११५८ ३६५८

चैत १८०९९ २९५५५ ११४५६

वैशाख १११०५ २९१४० १८०३५

जेठ १२७१८ ३१६३६ १८९१८
 

माओवादी नागरिक पार्टी नै होः भारतीय नेता
कान्तिपुर संवाददाता on 06/21/2010 at 1:03pm (UTC)
 काठमाडौं, अषाढ ७ - सत्तारुढ दलहरुले लडाकु व्यवस्थापन तथा पुनर्स्थापना गरी नागरिक पार्टी बन्न दबाब दिइरहेका बेला एक भारतीय नेताले माओवादी नागरिक पार्टी नै रहेको बताएका छन् ।

'संविधानसभाको सबैभन्दा ठूलो दल सरकारको नेतृत्व गरिसकेको र शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष माओवादीलाई नागरिक पार्टी होइन कसरी भन्ने,' सोमबार राजधानीमा आयोजित साक्षात्कारमा भारतीय राष्ट्रवादी कङ्ग्रेसका महासचिव डिपी त्रिपाठीले प्रश्न गरे । लडाकु व्यवस्थापन तथा पुनर्स्थापनाको टुंगो भने दलहरुकै सहमतिमा गर्नुपर्ने उनले बताए ।

त्रिपाठीसहित भारतीय समाजवादी पार्टीका उपाध्यक्ष एचएन शर्मा बलिउड नायीका मनीषा कोइरालाको विवाहमा भाग लिन आएका थिए । त्रिपाठीले विवाहका लागि काठमाडौं आए पनि प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित मुख्य दलका सवै नेताहरुसँग भेट गरेको जानकारी दिए ।

नेता त्रिपाठीले नेपाली नेताहरुमा भारतीय त्रास रहेको बताउँदै आन्तरिक मामिलामा भारतले हस्तक्षेप नगर्ने दाबी गरे । उनले नेपाल-भारतबीचको १९५० लगायतका सन्धिसम्झौता पुनरावलोकनका लागि आफ्नो दलले सहयोग गर्ने बताए ।
 

राष्ट्रिय सरकारको पक्षमा भारत
नागरिक on 06/21/2010 at 12:47pm (UTC)
 काठमाडौ, अषाढ ७ - नयाँ सरकारको नेतृत्वको दावी गरेको नेपाली कांग्रेसले दलहरुसँग छलफल अघि बढाएको छ । कांग्रेसले सोमबार माओवादी र नेकपा मालेसँग छुट्टा-छुट्टै छलफल गरेको हो । कांग्रेस नेतृत्वसँगको छलफलमा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाको पुरानै अडान दोहोर्‍याएको छ ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा दिएपछि शान्ति प्रकृया, संविधान निर्माण र त्यसपछि राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न सकिने धारणा राखेको जानकारी दिए । उनले अहिलेकै अवस्थामा वजेट अधिवेशन अघि बढाउन बाधा हुने भन्दै त्यसअघि नै सहमतिमा पुग्नुपर्नेमा कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएको बताए ।

माओवादीले कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला आज अमेरिका जानु पूर्वनै सहमतिको पूर्वाधार तयार पार्नुपर्ने धारणा राखेको थियो । कोइराला आज उपचारको लागि अमेरिका जादैछन् । उनी एक साता बढि त्यहा बस्ने बताइएको छ ।

तर कांग्रेसले शान्ति प्रकृया शुनिश्चिताको लागि बाँकी रहेका बिषयहरु कार्यान्वयन गर्न माओवादीले लिखित प्रतिबद्धता जनाएपछि थप बिषय अघि बढ्ने धारणा राखेको संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए ।

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा कांग्रेस कार्यवाहक सभापति कोइराला लगायत दुबै दलका शीर्ष नेता सहभागी थिए ।
 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free