Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
'चीनको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिजî
Kantipur on 06/20/2010 at 3:11pm (UTC)
 काठमाडौं, अषाढ ६ - गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति र व्यापारिक गतिविधि रहेको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गरेको छ ।

आइतबार चीनको दक्षिणी व्यापारिक शहर ग्वान्झाउमा सकिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो वार्षिक अधिवेशनले वाणिज्यदूतावास खोल्न आवश्यक पहल गर्न लागि नेपाल सरकार र एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अधिवेशनले बुद्धको जन्मस्थान नेपाल नै हो भनेर सरकारी, गैरसरकारी र अन्य संघसंस्थालाई जानकारी दिने तथा प्रकाशित कृति सच्च्याएर लेखकलाई सत्यतथ्यलाई बाहिर ल्याउन पहल गर्ने निर्णय गरेको छ । यस्तै विश्वका विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा जाँदाआउँदा विमानस्थल र अध्यागमनमा हुने दुर्व्यवहारलाई सच्याउन माग गरेको छ ।

एनआरएन चीनले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन एनआरआएन चीनको तर्फबाट यथासक्य पहल गर्ने तथा काठमाडौं उपत्यकाको उचितरुपमा फोहर ब्यवस्थापन गर्न र अध्यागमन सेवालाई चुस्त र सरल बनाउन एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य सहरसम्मको यातायात व्यवस्थालाई ब्यवस्थित गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारलाई सशक्तरुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

अधिवेशनले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको वर्षौदेखिको चाहना नयाँ संविधान निर्धारित समयमा जारी गर्न आव्हान गर्ने निर्णय गरेको छ । एनआरआएन चीनको दोस्रो वार्षिक अधिवेशनको उदघाटन चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्की र एनआरएन आइसीसी अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा गरेका थिए ।
 

रामचन्द्रलाई प्रधानमन्त्री बनाउने कांग्
Kantipur on 06/20/2010 at 3:09pm (UTC)
 काठमाडौं, अषाढ ६ - सत्तारुढ कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाउने निर्णय गरेको छ ।

तीन दिनदेखि जारी केन्द्रीय समितिको आइतबार सकिएको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन छलफल सुरु गर्ने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए । अवको सरकारको नेतृत्वका विषयमा कांग्रेसभित्र मतभेद भएपछि पार्टी धारणा तय गर्न लगातार बैठक बसेको थियो ।

अवको सरकारको नेतृत्वबारे बरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलले दाबी गर्दै आएका छन् । श्रोतका अनुसार कांग्रेसले अवको नेतृत्व संसदीय दलका नेता रामचन्द्र पौडेलका नाममा समर्थन जुटाएको छ ।

बैठकमा कार्यवाहक सभापति सुशील कोइरालाले विधिसम्मत ढंगले पार्टीले नेतृत्वका बिषयमा टुंगो लगाउने बताएका थिए । 'विधिसम्मतरुपमा अवको सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्छ,' नेता प्रकाशमान सिंहले बैठकपछि भने, 'संसदीय दलको विधानअनुसार सरकारको नेतृत्व संसदीय दलका नेताले नै गर्छन् ।'
 

Kantipur
'चीनको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिजî on 06/20/2010 at 2:59pm (UTC)
 काठमाडौं, अषाढ ६ - गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति र व्यापारिक गतिविधि रहेको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गरेको छ ।

आइतबार चीनको दक्षिणी व्यापारिक शहर ग्वान्झाउमा सकिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो वार्षिक अधिवेशनले वाणिज्यदूतावास खोल्न आवश्यक पहल गर्न लागि नेपाल सरकार र एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अधिवेशनले बुद्धको जन्मस्थान नेपाल नै हो भनेर सरकारी, गैरसरकारी र अन्य संघसंस्थालाई जानकारी दिने तथा प्रकाशित कृति सच्च्याएर लेखकलाई सत्यतथ्यलाई बाहिर ल्याउन पहल गर्ने निर्णय गरेको छ । यस्तै विश्वका विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा जाँदाआउँदा विमानस्थल र अध्यागमनमा हुने दुर्व्यवहारलाई सच्याउन माग गरेको छ ।

एनआरएन चीनले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन एनआरआएन चीनको तर्फबाट यथासक्य पहल गर्ने तथा काठमाडौं उपत्यकाको उचितरुपमा फोहर ब्यवस्थापन गर्न र अध्यागमन सेवालाई चुस्त र सरल बनाउन एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य सहरसम्मको यातायात व्यवस्थालाई ब्यवस्थित गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारलाई सशक्तरुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

अधिवेशनले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको वर्षौदेखिको चाहना नयाँ संविधान निर्धारित समयमा जारी गर्न आव्हान गर्ने निर्णय गरेको छ । एनआरआएन चीनको दोस्रो वार्षिक अधिवेशनको उदघाटन चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्की र एनआरएन आइसीसी अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा गरेका थिए ।

 

माओवादीलाई के सुझाव दिए बुद्धिजीवी र उद्य
कान्तिपुर संवाददाता on 05/12/2010 at 9:26am (UTC)
 काठमाडौं, वैशाख २९ - माओवादीले राजधानीको याक एण्ड यती होटलमा अहिले बुद्धिजीवी, नागरिक समाज र उद्यमीहरुसँग अन्तर्क्रिया गरिरहेको छ । पहिलो सत्रमा अहिले बुद्धिजीवी, नागरिक समाज र उद्यमीहरुले सुझाव दिइरहेका छन् ।

युवराज संग्रौला, अधिवक्ता

- कसैले हठ गर्नुहुँदैन । समयमै संविधान बनेन भने बृहत् शान्ति सम्झौताको म्याद सकिन्छ । लडाकुको अवस्था के हुन्छ ।

- समयमै संविधान बनेन भने मुलुकको अवस्था गम्भीर हुन्छ समयमै ध्यान दिनुहोस् ।

कृष्णप्रसाद भण्डारी, अधिवक्ता


कुशकुमार जोसी

- निजी क्षेत्र कहिल्यै पनि बन्द चाहँदैन । त्यही शान्तिको चाहनाले गर्दा जनता सडकमा शान्तिका लागि आएको थियो ।

- सरकारले तत्काल निकाश खोल्नुपर्छ भनेर हामीले सरकारलाई पनि भनेका छौं । चिठ्ठी पठाएको भनेर जवाफ आयो, तर त्यो निकास होइन ।

- नेपाली जनता द्वन्द्व चाहदैन । आन्दोलनपछि वार्ता हुदैन भने किन आन्दोलन स्थगन गरेको त ?

- शान्ति भेलामा आएकाहरुले चप्पल लगाउनेलाई पनि सुकिला मुकिला हेर्न चाहन्छौं । त्यसमा कुनै दललाई होच्याएको होइन । त्यो दलको होइन, त्यो निष्पक्ष नेपाली जनताको आवाज थियो ।

- हामीलाई भिजिलान्ते भनियो, के हो भिजिलान्ते भनेको के हो । हामी त्यो बुझ्दैन ।

पद्म ज्योति

- संविधान नबनेसम्म ठूलो नीति बनाएर मात्र हुँदैन ।

- नागरिक समाजलाई सरकार चलाउन दिएर नेताहरुले संविधान बनाउन लाग्नुपर्छ ।

-

महेश अग्रवाल

- जननिर्वाचित सरकार भए पनि आर्थिक, सामाजिक र राजनीतिक समस्या जस्ताको तस्तै भए ।

- पटक-पटक निर्वाचन गर्दा आर्थिक अवस्था समस्याग्रस्त हुन्छ ।

राजेन्द्र खेतान

- मुलुकलाई सहमतिको बाटोमा हिडाउन सवै लागौं ।

सुन्दरमणि दीक्षित

- माओवादीले जंगल जाँदा बुद्धिजीवीहरुलाई सोधेर गएको थिएन ।

- माओवादीलाई एजेण्डाका आधारमा जनताले जिताएका हुन् । त्यसैले यो एजेण्डाबाट भाग्न पाउँदैन ।

- यो सरकारले १२ घण्टाभित्र राजिनामा दिनुपर्छ । एउटा व्यक्तिले मुलुकलाई बन्धक बनाउन पाउँदैन ।

दमननाथ ढुंगाना

- शक्ति हुनेको बुद्धि पनि हुनुपर्छ । नभए त्यही शक्तिले नष्ट गर्दछ ।

- बलिदान गरेको पार्टीले अब सरकारको बलिदान पनि गरोस् तर संविधानसभाको बलिदान नगरोस् ।

पद्मरत्न तुलाधार

- किन लामो समयदेखि सहमति हुन सक्दैन । घर जग्गा फिर्ता, लडाकु समायोजन किन टुंगिदैन ।

- हामी मध्यस्थता गर्न तयार छौं । के गर्नुपर्दछ ।







 

११ किलो चरेस सहित दुई पक्राउ
प्रतिमा बाँस्कोटा on 05/12/2010 at 9:25am (UTC)
 काठमाडौ, वैशाख २९ - लागु औषध नियन्त्रण कार्यान्वयन एकाइले बुधबार राजधानीबाट ११ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।

नयाँ बानेश्वरस्थित एकाइका प्रहरी नायव उपरीक्षक दिवसराज उदासले राजधानीको सतुंगल-८ बाट ११ किलो चरेस सहित गणेस चौधरी र कृष्ण चौधरी पक्राउ परेको जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए
 

बच्चा जन्माउन नसकेर मृत्यु
भीम बहादुर सिंह on 05/12/2010 at 9:24am (UTC)
 जाजरकोट , वैशाख २९ - प्रसुति सेवाको अभावमा सुत्केरी हुन नसक्दा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खगेनकोट २ की १८ बर्षीय कृष्ण कुमारी वलीको मगंलबार राति बच्चा जन्माउन नसकेर मृत्यु भएको हो ।

स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै उच्च रक्तश्रावका कारण उनको मृत्यु भएको हो । उनको घरबाट इलाका स्वास्थ्य चौकी दल्ली पुग्न झण्डै ३ घण्टा समय लाग्ने गर्छ ।

गतबर्ष मात्र यस जिल्लामा सुत्केरी हुन नसक्दा १५ जना महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ । जिल्ला भरी गर्भवति हुने चार हजार बढी महिला मध्ये ३ सय ५० ले मात्र प्रसुति केन्द्रमा सुरक्षित सुत्केरी सेवा लिएका थिए भने २ सय ५० ले स्वास्थ्यकर्मीको सहयोगमा र अन्य सुत्केरी महिला घरमै जोखिमपूर्ण रुपले सुत्केरी हुने गरेको जिल्ला स्व्ाास्थ्य कार्यालयले जनाएको छ ।

 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free