Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
मध्यम बर्गका जनतालाई उपेक्षा गर्दैनौं: बा
कान्तिपुर संवाददाता on 05/12/2010 at 9:22am (UTC)
 काठमाडौं, वैशाख २९ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफूहरुले मध्यम बर्गका जनतालाई उपेक्षा नगर्ने बताएका छन् । माओवादीको आयोजनामा बुधबार राजधानीको याक एण्ड यती होटलमा बुद्धिजिवी र नागरिक समाजसँगको बृहद अन्तर्क्रियामा उनले मध्यम बर्गका जनतालाई चिढ्याएर आन्दोलन सफल नहुने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले २५ बैशाखमा राजधानीमा भएको जनसभामा बुद्धिजिवी तथा काठमाडौंमा बस्ने सुकिला मुकिलाहरुले माओवादीलाई हेपेको आरोप लगाउँदै हिसाव किताव लिने चेतावनी दिएपछि बुद्धिजिवीवर्गसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन माओवादीले अन्तर्क्रिया गरेको हो ।

अन्तर्क्रियामा उपाध्यक्ष भट्टराईले आन्दोलन रोक्नुलाई पराजय नठान्न आग्रह गरे । 'हामी सहमतिका लागि पछाडि हटेका हौं, यसलाई कमजोरी नठानियोस्,' उनले भने । भट्टराईले सहमतिका लागि हात बढाउँदा त्यसलाई कमजोरी ठानिए कसैले पनि युद्ध रोक्न नसक्ने बताए ।

 

सावधान् केटा हो, फूलनदेवी समूह आउँदैछ
My sAnsar on 05/12/2010 at 9:21am (UTC)
 फूलनदेवीको नाम सुन्नुभएको छ हैन, त्यस्ती डाँकु, जसले पूरै भारत हल्लाइदिएकी थिइन्। उनैबाट प्रेरणा लिएर होला, नेपालको पनि कैलालीमा मुख्य कार्यालय राखेर फूलनदेवी समूह गठन भएछ, कम्तिमा इमेलमा। इमेलमा जारी गरिएको यसको प्रेस विज्ञप्तिमा महिला बलात्कार गर्ने, यौन दुर्व्यबहार गर्ने र त्यस्तोलाई संरक्षण गर्नेलाई ठीक पार्ने काम गर्ने भनिएको छ। यो समूहका पाँच महिला नेतृत्वकर्ता रे- सुशुप्ता, समर्पण, शक्ति, सफलता, र शान्ति। अब गाउँगाउँमा फूलनदेवी समूह खोल्ने रे। होसियार है महिलामाथि कुदृष्टि लाउनेहरु हो, फूलनदेवीले ठीक पार्लान्।


पाँच वर्षअघि ‘कान्तिपुर’ मा घोषणापत्र छापेर ‘चरित्रहीन चेली’ समूहले अरु त हैन, खुबै चर्चा चाहिँ कमाएको थियो। यसले घोषणा गरेको ४० बूँदामा ज्ञानेन्द्रले ‘कू’गरेपछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वानसमेत थियो। त्यसको दुई वर्षपछि सन् २००७ मा फेरि नयाँ क्रान्तिकारी समूह जन्माइयो- झन् चरित्रहीन चेली जसले ‘कान्तिपुर’बाटै घोषणा गर्‍यो- हाम्रा सबै माग मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवससम्म पूरा नभए राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्छौँ। ठीक छ, ठिटा हो ! तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौँ। न चुल्हो बन्द भो, न चोलो। संसार चलिरह्यो। तर यो समूहपछाडि को को थिए, त्यो कहिल्यै सार्वजनिक भएन। अहिले फेरि केन्द्रीय कार्यालय कैलाली भन्दै जन्माइएको छ यो नयाँ फूलनदेवी समूह।

के हुनसक्छ त यो ? वास्तवमा यो बलात्कारको घटनाबाट पीडित वा त्यस्ताको पीडा नजिकैबाट देखेको मान्छेको काम हुनुपर्छ। उठाएका कुरा सही भए पनि इमेलबाट पठाइएको यो वक्तव्य ‘यसो गरे कसो होला’ भनी गरिएको कल्पना बाहेक केही होइन। तैपनि यति मेहनतका साथ वक्तव्य ड्राफ्ट गरेर सञ्चारकर्मीहरुको इमेल खोजी खोजी पठाएर जुन मेहनत गरिएको छ, त्यसवापत् पनि यो वक्तव्य एक पटक पढिदिने कि ?

विज्ञप्ति हेरौँ जस्ताको तस्तै-

फूलनदेवी समूह

केन्द्रीय कार्यालय, कैलाली

मिति : २०६७/१/२८

प्रेस विज्ञप्ती

पितृसतात्मक सामाजिक संरचनाका कारण सदियौंदेखि धार्मिक, सामाजिक, साँस्कृतिक, राजनैतिक र आर्थिक रुपले पछाडि पारिएका नेपाली महिलाहरुको अवस्था अहिले पनि दर्दनाक छ। पुरुषवादी चिन्तन बोकेको नेपाली समाजमा महिलालाई एउटा मान्छेको रुपमा होइन दास, नोकर, बच्चा जन्माउने मेसिन, घरबार सम्हाल्ने कमारी, पुरुषहरुको यौन प्यास मेटाउने साधनको रुपमामात्र हेरिदै आएको सत्य हो। नत्रभने महिलालाई छोरा जन्मिदा खसी र छोरी जन्मिदा फर्सीको झोल किन खान दिइन्थ्यो र? एउटै पेटबाट जन्मिने छोरा र छोरीमा छोरीले मात्र किन घरपरिवार, समाज र राज्यबाटै तिरस्कार र भेदभावको जाँतोमा पिस्सिनु पर्दथ्यो?

हुन त छोरा वा छोरी जन्माउनुमा महिलाको कुनै दोष हुँदैन किनकी विज्ञानले नै प्रमाणित गरेको कुरा हो, सन्तान के जन्माउने भन्ने कुरा प्राकृतिक रुप मै पुरुषमा भर पर्दछ। त्यसमा महिलाको कुनै भूमिका हुँदैन। तर पनि छोरा नजन्माएको निहुँमा कयौ आमाहरुले सुत्केरी अवस्थामै विष मिलाइएको खाना खाएर मृत्युवरण गर्नुपरेको छ भने कयौंले कथित श्रीमान र घरपरिवार भनाउँदाहरुको शारिरीक र मानसिक यातनाको शिकार हुनुपरिरहेको छ। पुरुषले गर्ने र गर्न नसकेका हरेक कामहरु महिलाहरुले सहजै गर्न सकिरहेका धुर्वसत्य उदाहरणहरुलाई वेवास्ता गरेर महिलालाई निरीह प्राणी र वस्तुको रुपमामात्र ठान्ने नेपाली समाजले अब महिलाको अपरिहार्यता र अस्तित्व कहिले स्वीकार गर्ला त?

हुन त पुरुष र महिला एक सिक्काका दुई पाटा हुन्। एउटाको अभाव बिना अर्कोको अस्तित्व सम्भव छैन। तर यो समाजले छोरी अथवा महिला जन्मिनुलाई दुर्भाग्य ठान्छ। पूर्वजन्मको श्राप ठान्छ। त्यसैले कति बालिकाहरु जन्मिदै आफ्नै जन्म दिने आमाको हातबाट निमोठिएका छन्। दुध पिउन नपाएर मरेका छन्। किनभने त्यी आमाहरुलाई थाहा छ यो समाजमा छोरी भएर जन्मिनुको पिडा कति कहाली लाग्दो छ भनेर? छोरी हुँदा दाइ–भाइ र आमा बुबाहरुको निगरानी, बुहारी हुँदा श्रीमान, सासु–ससुरा, जेठाजु–देवर लगायत सिंगो समाजको निगरानीमा बाँच्नुपर्ने। आफुखुसी खान पाउने, हिड्न पाउने र निर्धक्क बोल्न पाउने अधिकार छैन। स्वतन्त्रपूर्वक बाँच्न पाउने मान्छेको जन्मसिद्ध अधिकार हो। तर त्यो कुरा पुरुषरुपी मान्छेमा मात्र लागु भइरहेको छ, महिलामा होइन।

त्यसैले आजको एक्काइसौँ शताब्दीका हामी महिलाहरु अब त्यही विभेदकारी परिवार, समाज र राज्यको थिचोमिचोमा बाँच्न सक्दैनौं। हामी मान्छे हौं, त्यसैले हामीलाई पनि हाँस्ने, बोल्ने, घुम्ने र आफ्नो यौनिकताको स्वतन्त्र अधिकार चाहिन्छ। हामी महिलामात्र होइन, मान्छेको रुपमा जिउन चाहान्छौं। को र कस्तो व्यक्तिसँग विवाह गर्ने? कहिले र कति सन्तान जन्माउने? राज्यका स्रोत र साधनको कसरी उपभोग गर्ने? भन्ने कुराको निर्णय हामी महिलाको हुनुपर्दछ। जबसम्म हामी सृष्टिकर्ता अर्थात मान्छे जन्माउने मान्छेलाई अंश, वंश र नागरिक अधिकारको उपभोग गर्ने अधिकार हुँदैन, तबसम्म यो समाजमा महिलाले कहिलै मान्छे भएर बाँच्न नपाउने कुरा सत्य हो। यदि कसैले त्यो कुरालाई फेरि पनि ईन्कार गर्दछ र पुरुषवादी चिन्तको घेराबाट बाहिर आउन सक्दैन भने त्यसको प्रतिकार अब यस ‘फूलनदेवी समूह’ ले गर्नेछ।

हुन त ‘फूलनदेवी समूह” पहिलो पटक बाहिर आएको नाम हो। कुनै जाति, धर्म, राजनीतिक दल र आस्थाको गन्धरहित यो समूह एउटा पीडित महिलाहरुको समूह भएको पनि जानकारी गराउँदछौं। हालसम्म घरपरिवार, समाज र राज्यसँग अस्तित्वको लडाईँ लड्दा न्याय नपाएपछि एउटै पीडाबाट पिल्सिएका यस समूहका सदस्यहरुले बाध्य भएर यो अभियानको नेतृत्व गर्ने जमर्को गरेका हुन्। आफ्नै श्रीमान, घरपरिवार र समाजको उत्पीडनमा बाँच्नुपर्दा चर्केको घाउमा लागेको नुनचुक पखाल्ने हाम्रो प्रयास हो। हामीलाई थाहा छ यस्ता पीडितमहिलाहरुका हामी त नेतृत्वकर्तामात्र हौं। हामीजस्ता लाखौं नेपाली महिलाहरु आफ्नै घरभित्र सुरक्षित छैनन्। आफ्नै श्रीमानले पनि श्रीमतीको इच्छाविपरीत शारिरीक सम्बन्ध राखे त्यो बलात्कार हो, जुन कुरालाई नेपालको अन्तरिम संविधान २०६३ ले सुरक्षित गरेको छ। र यदि श्रीमतीको इच्छा विपरीत श्रीमानले यौन सम्पर्क राखेमा चाहेको खण्डमा श्रीमतीले श्रीमानमाथि न्यायका लागि मुद्दा चलाउन सक्छिन्। तर हाम्रा महिलाहरु आफ्नै श्रीमान्, टोल छिमेकी र अपरिचितबाटमात्र होइन, आफ्नै जन्म दिने बुबा र दाइभाइबाट समेत बलात्कृत हुने गरेका अनगिन्ती घटनाहरु सार्वजनिक भइरहेका छन्। तर त्यी निर्दोष महिलालाई न्याय दिलाउने कोही छैन। परिवार भन्छ ‘तँ राम्री (चरित्र) भएको भए किन बलात्कृत हुन्थिस्’। समाज भन्छ ‘त्यो आइमाइ नै चरित्रहीन हो’ भनेर। त्यतिमात्र होइन एउटी महिला बलात्कृत हुँदा न्याय दिलाउने प्रहरी, प्रशासनमात्र नभई समाजका टाठाबाठा र राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई पैसा कमाउने मौका मिल्छ। उनीहरु पीडितलाई न्याय दिलाउने नाममा बलात्कारीबाट केही रकम महिलालाई दिएर मिलापत्र गर्नपट्टी लाग्छन् भने मुद्दा चल्न नदिएको सफलतामा आफ्नो पनि खल्ती भर्ने काम गर्छन्। अझ कतिपय बलात्कारीसँग तिनै महिलाको विवाह गर्न पनि बाँकी राखिएको छैन।

त्यस्ता घटनाहरु कैलालीमा मात्र दर्जनौं छन्। अब हाम्रो मुख्य काम भनेको तिनै पुरुषहरु जसले एउटी निर्दोष महिलामाथि बलात्कार गर्छ, यौन दुर्व्यबहार गर्छ र बलात्कारीलाई संरक्षण गर्छ, तिनैलाई ठीक पार्ने हो। हामी चेतावनी दिन चाहान्छौं यदि महिलामाथि त्यस्तो अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा नल्याएर संरक्षण दिने काममा कुनै दलका नेता कार्यकर्ता वा व्यक्तिहरु संलग्न भएको पाइएमा त्यसको प्रतिकार गर्न हामी पछि हट्ने छैनौं।

हामीलाई थाहा छ सबै नागरिकको संरक्षण गर्ने दायित्व राज्यको हो। तर नेपालमा भने राज्यका निकायहरु नै अपराधिक कृयाकलापमा सक्रिय रहेर अपराधलाई प्रश्रय दिइरहेका थुप्रै घटनाहरु जिल्ला–जिल्लाबाट बाहिर आइसकेका छन्। त्यसैले अपराध (महिलामाथि हुने) नियन्त्रण गर्ने काम राज्यको मात्र हो भन्ने कुरामा जानकार भए पनि राज्य आफ्नो कर्तव्यबाट विमुख भइरहेका कारण हाम्रो अभियान शुरु भएको कुरा सबैलाई जानकारी गराउँदछौं।

अन्तमा हामीजस्ता पीडितहरुलाई कुनै कानुनले न्याय दिन नसकेको अवस्थामा जबर्जस्ती आफ्नो अधिकार लिएरै छोड्ने यो अभियानमा सहयोग गर्न हामी सबै महिला, महिलावादी संघ/संगठन, मानवअधिकारवादी, पत्रकार, राजनीतिज्ञहरुमा पनि अपिल गर्दछौँ। साथै विविध समस्या, कठिनाई, अवरोध र जोखिमका बाबजुद पनि अन्याय अत्याचारका बिरुद्धमा प्रतिबद्ध भै काम गर्ने हाम्रो उद्देश्यलाई सफल तुल्याइदिनका लागि आम न्यायप्रेमी समूदायमा हार्दिक अनुरोध गर्दछौं।

उद्देश्य :

१) कानुनबाट न्याय पाउन नसकेका पीडित महिलाहरुलाई न्याय दिलाउनका लागि वास्तविक पिडक र पिडकलाई संरक्षण गर्ने व्यक्तिलाई भौतिक कार्बाही गर्ने।

२) सबैखाले हिंसाको चपेटामा परेका महिलाहरुलाई यो अभियानमा सहभागी गराई स्वयं तिनीहरुबाट नै पीडकलाई कार्वाही गर्न लगाउने।

३) फूलनदेवी समूह जिल्ला–जिल्ला र गाउँ–गाउँमा गठन गरी देशव्यापी सञ्जाल बनाउने।

४) हिंसापीडित महिलाहरुको उत्थानका लागि काम गर्छौ भनेर खोलिएका संघसंस्थाहरुले साँच्चिकै पीडित महिलाहरुको हितमा काम गरेनन् र सर्वसाधारणको आँखामा छारो फाल्ने काम गरेको खण्डमा त्यसका सञ्चालकहरुलाई पनि यस समूहको निगरानीमा राखी सामाजिक कार्वाही गर्ने।

‘फूलनदेवी समूह’ का नेतृत्वकर्ता पाँचजना महिलाहरु (यो समूहमा करिब ५० भन्दा बढी महिलाहरु आवद्ध भइसकेको पनि जानकारी गराउँदछौं)

सुशुप्ता, समर्पण, शक्ति, सफलता, र शान्ति

पुनश्च : फूलनदेवी समूह मानवअधिकार र कानुनी राज्यको पक्षमा छ। यदि कसैले कानुनको खिल्ली उडाएर मान्छेमाथि दानवीय व्यवहार गर्छ भने कुनै पनि हालतमा यो समूह चुप बस्ने छैन।

धन्यवाद

 

दुरघटनामा ११ जना घाइते
हाम्रो तनहुँ on 05/12/2010 at 9:20am (UTC)
 गोर्खा जिल्लाको ठाँटीपोखरीबाट पोखरा जाँदै गरेको ना२ख ७७१० नम्बरको बस बिपरीत दिशाबाट आएको ग४प ८८९४ नम्बरको मोटरसाइकल पृथ्वी राजमार्ग अन्तरगत तनहुँको गुणदीमा एक आपसमा ठोकिदा १० जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा तनहुँ छाङ्गकी २९ वषिर्य गीता सुनार, गोरखा पालुङटारका २३ वषिर्य विकास ओगाइ, तनहुँ भानु-६ की विमला विक, १६ वषिर्या सुशिला विक, ५० वषिर्य रामबहादुर विक, जामुनेका ४० वषिर्य मणिभद्र वाग्ले, भिमादका शक्ति मल्ल, लमजुङ राइनसटारकी २८ वषिर्या सिता थापा, मोराङ्ग जिल्लाका धर्म तिमिल्सिना रहेका छन् ।
त्यस्तै, तनहुँको गुणादीबाट सोही दर्ुघटनामा परी घाइते भएका घाइतेहरुलाई दमौली अस्पतालमा ल्याउँदै गरेको बसले दमौलीको ट्राफिक चोकमा तनहुँ, जामुने-१, गुणादी दिवासी ३५ वषिर्य श्याम विकलाई ठक्कर दिइ घाइते बनाएको छ ।
दमौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मोटरसाइकल चालक घाहाचोक कास्कीका फनिस कुमार श्रेष्ठ, विमला विक र श्याम विकलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 

पाउलान् त गिरिजाले नोबल पुरस्कार?
Mysansar on 12/24/2009 at 2:53pm (UTC)
 सरकारले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम नोबल शान्ति पुरस्कारका लागि सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो। धेरैअघि नै नोबल पुरस्कारका लागि गिरिजाको नाम आएको थियो। यसबारे निकै चर्चा पनि भयो। पछि यो त्यत्तिकै बिलायो। अहिले आएर एक्कासी सरकारले सिफारिश गर्ने निर्णय नै गरेको छ।

नोबल शान्ति पुरस्कारको घोषणा नर्वेली नोबल कमिटीले गर्छ। उसले योग्य व्यक्ति र संस्थालाई नाम सिफारिश गर्न हजारौँ चिठीहरु पठाउने गर्छ। सरकारले त्यस्तो पत्र पाएको हो कि हैन त्यो त थाहा भएन तर मनोनयनमा परेका व्यक्तिको नाम र मनोनयनसम्बन्धी जानकारी ५० वर्ष नभई सार्वजनिक गरिँदैन।

मनोनयन गर्न योग्य व्यक्ति नोबलको आधिकारिक साइटका अनुसार यी हुन्।

Qualified Nominators
The right to submit proposals for the Nobel Peace Prize shall, by statute, be enjoyed by:

1. Members of national assemblies and governments of states;
2. Members of international courts;
3. University rectors; professors of social sciences, history, philosophy, law and theology; directors of peace research institutes and foreign policy institutes;
4. Persons who have been awarded the Nobel Peace Prize;
5. Board members of organizations who have been awarded the Nobel Peace Prize;
6. Active and former members of the Norwegian Nobel Committee; (proposals by members of the Committee to be submitted no later than at the first meeting of the Committee after February 1) and
7. Former advisers appointed by the Norwegian Nobel Institute.
The Nobel Peace Prize may also be awarded to institutions and associations.
 

घर भत्केर परिवारको विचल्ली
Hamro Tanahun on 12/24/2009 at 2:52pm (UTC)
 खुदेपानी, ८ पुष
अरुणोदय गाविस-४ खुदेपानीका गोपालप्रसाद सिग्देलको घर भत्केर आठ जनाको परिवार विचल्लीमा परेको छ ।
खरले छाएको सिग्देलको घर एकासी भत्किए पछि उनको परिवार आगनमा आना पकाएर खाने र नजिकको गोठमा आश्रय लिएर रात विताउँदै आएका छन् ।
अरुणोदय गाउँ विकास समितिका सचिव कृष्णराज तिमिल्सिनाले घर भत्किएर क्षती पुगेकोले क्षतिको मूल्याङ्कन गरी गाउँ विकास समितिले आवश्यक राहत सहयोग गर्ने वताउनु भयो ।
स्थानीय समाजसेवी रामप्रसाद सुवेदीका अनुसार गोपालको आर्थिक स्थिति कमजोर नाजुक भएकाले आवश्यक सहयोग जुटाउन सवेले सहयोग गर्नुपर्ने वताउनु भयो ।
 

युवतीसँगै भेटिए तपस्वी रामबहादुर बम्जन
Kantipuronline on 12/24/2009 at 2:46pm (UTC)
 बारा, २०६६ पुस ९ - बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन् ।

बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो ।

'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए ।

बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए ।

गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए ।
 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free