Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
बस दुर्घटनामा १२ को मुत्यु, ३२ घाइते
Kantipuronline on 12/14/2009 at 9:36am (UTC)
 कास्की, २०६६ मंसिर २९ - कास्कीकोटबाट पोखरा आउदै गरेको यात्रुवहाक बस सोमबार बिहान सराङकोटको साउनेपानीमा बिहान १० बजे दुर्घटनाग्रस्त हुदाँ १२ जनाको मुत्यु भएको छ ।

मुत्यु हुनेमा कास्कीकोट-८ का गोपाल गिरी ५८, कास्कीकोट-२ का गोपी सुनार ५५, गिरीमाया सुनार ४५, कास्कीकोट-८ शिव गिरी २२ र सुर्दशन श्रेष्ठ ३, कास्कीकोट-६ की विमला कार्की १६, कास्कीकोट- ७ का कुष्णबहादुर थापा ५८, कास्कीकोट ६ की मिना कार्की ३५, सेतु त्रिपाठी ६०, तेजबहादुर कार्की ४५, सराङकोट-५ का कपिलमणि तिमिल्सना ६०, सराङकोट-३ की विमला तिमिल्सिना २२ रहेको प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा ६ पुरुष, एक नाबालक र ५ महिला रहेका छ्न । घटनामा ३२ जना घाइते मध्ये १३ गम्भीर अबस्थामा रहेको अस्पतालले जनाएको छ ।

घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइहरेको छ । घाइते तथा मृतकका आफन्तको अस्पतालमा भीड लागेको छ । धेरै आफन्तहरु अस्पतालमा रोइरहेका छन् ।

ना३ख ६२८६ नम्बरको बस सडकबाट करीब डेढ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शी रिपबहादुर अधिकारीका अनुसार बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हो ।

बसमा करिब ६० जना यात्रु रहेको प्रहरीले जनाएको छ । घटना के कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

एकै परिवारका १२ लाई रेविजको आशंका
Kantipuronline on 12/14/2009 at 9:35am (UTC)
 डडेल्धुरा , २०६६ मंसिर २९ - डडेलधुराको दुर्गम गाविस जोगवुढाको जमरानीमा एकै परिवारका १२ जनामा रेविजको आंशका गरिएको छ ।

जमरानीका तेजवहादुर विष्ट लगायत उनको परिवारका १२ जना सदस्यहरुमा रेविज रोग लागेको हुन सक्ने आंशका गरिएको हो । गत साता विष्टको दुधालु भैसीको पाडो रेविज रोगका कारण मरेको पशु स्वास्थ्य केन्द्रले प्रमाणित गरेपछि र्‍यालको माध्यमवाट दुध उपभोग उनको परिवारका सवैमा रेविज सरेको हुन सक्ने स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् ।

रेविज रोगको लक्षण देखा परेको तीनदिनपछि पाडोको मृत्यु भएको थियो भने पाडोको र्‍यालवाट दुधमा र दुधवाट उपभोग गर्नेहरुमा सरेको आंशका गरिएको छ ।

'रेविजकै कारण पाडोको मृत्यु भएकाले मानिसहरुमा पनि रेविज सरेको छैन भन्न सकिदैन' प्राथमिक स्वास्थ्य केन्द्रका अ.हेव. हिक्मत धामीले भने 'पाडोलाई दुध चुसाईसकेपछि दुध दुहिने चलन हुनाले र्‍यालको माध्यमवाट सरेको हुनसक्छ ।'

रेविजको आंशकामा आफू लगायत परिवारका १२ जनालाई रेविज भ्याक्सिन लगाउनुपर्ने भए पनि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भ्याक्सिन नपाएको पीडित विष्टको गुनासो रहेको छ । 'प्राथमिक स्वास्थ्य केन्द्रका भ्याक्सिन पाइएन' विष्टले भने भ्याक्सिन लगाउन धनगढी जानुपर्ने वाध्यता सिर्जना भएको छ । '
 

दम्पत्तिलाई बेहोस बनाइ गहना र नगद लुटियो
Hamro Tanhun on 12/12/2009 at 12:17pm (UTC)
 दमौली, २६ मंसिर व्यास नगरपालिका-११ स्थित प्रेम चौतारोमा बसिरहेका एक दम्पतिलाई आज अपराहृन सवा १२ बजे दर्ुइ जना युवकले बेहोस बनाई गहना र नगद लुटेका छन्। घाँसीकुवा-८ निवासी ५९ वषर्ीय बलबहादुर बस्नेत र उनकी ४५ वषर्ीया श्रीमती कृष्णमायालाई औषधि सुँघाएर बेहोस बनाई कृष्णमायाले कानमा लगाएको एक तोलाको सुनको रिङ र छ सय रुपैया लुटेर लगेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । ती दम्पतिको अहिले दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बलबहादुर अहिले पनि बेहोस नै छन् भने श्रीमती कृष्णमायाको भने केही मात्रामा होस खुलेको छ । लुटपाट गर्ने ती युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

व्यवस्थापन समिति गठन
Hamro Tanhun on 12/12/2009 at 12:16pm (UTC)
 भानुमति, २६ मंसिर मंगलोदय माध्यामिक विद्यालय भानुमति ३ अरौदी तनहुँको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। त्यसैगरी समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ, सदस्यहरुमा सोभाकान्त रेग्मी, दीवाकर पराजुली, महिला सदस्यमा संगिता रेग्मी र सदस्य सचिवमा प्रधानाध्यापक खिमाकान्त अधिकारी रहनु भएको छ।
 

ब्लू फिल्म खेल्न नायिकालाई पचास लाखको अफर
Arab News on 12/08/2009 at 7:24am (UTC)
 म तिमीलाई ५० लाख रुपैयाँ दिन्छु, भन्याजस्तो चलचित्रमा खेल्छौ??

...खेल्दिनँ, किन खेल्नु??

...एक करोडमा चलचित्र बन्छ, पचास लाख रुपैयाँ तिमीलाई हुन्छ....तिमी त्यस्तो चलचित्र खेल्छौ.. हिम्मत छ भने भोलि नै २५ लाख क्यास दिइन्छ, कुराकानी गरेर.. है??

यो नेपाली चलचित्रमा संघर्षरत एउटी नायिकाको अपरिचितसँगको मोबाइलवार्ताको मुख्य अंश हो । ३१ मिनेट चानचुनको उक्त वार्ताको सत्ताइसौं मिनेटमा आएर ती अपरिचितले नायिकासँग सांकेतिक रूपमा यौन चलचित्रमा काम गर्ने प्रस्ताव राखे । २६ मिनेटसम्म नेपाली, विदेशी चलचित्र क्षेत्रका बारेमा सामान्य विवाद भएजस्तो गरी वार्ता गरिसक्दा-नसक्दै ती अपरिचितले हालै चर्चामा आएको एउटी नायिकाको यौन भिडियो प्रकरणको कुरा झिक्छन् । ती नायिकाको गल्ती नभएको कुरामा यी नयाँ नायिकाले अडान राखेपछि अपरिचितले उनलाई घुमाउरो तरिकाबाट यौन चलचित्र खेल्नका लागि प्रस्ताव राखेका थिए ।

दुईवटा सेक्स टेप प्रकरणका कारण आममानिसको सन्देहको घेरामा रहेका नेपाली चलचित्रका महिला कलाकारहरू र 'सबै उस्तै हुन्' भन्ने आमसोचविपरीत संघर्षरत यी नायिकाले भने ५० लाख कमाउने उक्त प्रस्ताव अस्वीकार मात्र गरिनन्, प्रस्ताव राख्ने मानिसलाई समेत काठमाडौं जिल्ला प्रहरीको खोरमा पुर्?याउन मद्दत गरिन् । यो अथर् मा उनी साँच्चैकी नायिका भएकी छिन् ।

गत वर्ष सामान्य व्यवसाय गरेको निर्देशक सोभित बस्नेतको चलचित्र 'मिसन लभ इन सिक्किम'बाट नेपाली चलचित्रकी नायिका भएकी हिमानी डिसीलाई केही दिनअघि राती करिब ११ बजे अर्की साथी नायिकासँग घरमा बसिरहेका बेला मोबाइलमा फोन आयो । ब्लफकल शैलीमा आएको उक्त अपरिचितको पहिलो फोनलाई उनले हिमानीकी दिदी बताएर टारे पनि त्यसको केही मिनेटपछि फेरि ती मानिसले फोन गरे । पहिलो र दोस्रो कलको बीचमा हिमानीले उक्त ब्लफकलका बारेमा सँगै रहेकी साथी नायिकालाई बताइन् । हिमानीले बोकेको मोबाइल सेटमा आएका र गरेका सबै कल रेकर्ड गर्न मिल्ने सुविधा भएकाले साथी नायिकाले उनलाई अब फेरि कल आए मोबाइलमा रेकर्ड गर्ने जुक्ति सुझाइन् । त्यसैअनुरूप ती व्यक्ति अर्थात् वार्तामा बर्दिया घर बताए पनि मूल घर दाङ भएका र हाल कलंकी बसोबास गरिरहेका रणवीरसिंह राठौर उर्फ रूपसिंह बुढाथोकीले नायिका हिमानी डिसीसमक्ष राखेको यौन चलचित्र खेल्ने प्रस्तावसहितको कुराकानीलाई हिमानीले आफ्नो मोबाइलमा रेकर्ड गरिन् ।

मोबाइलमा वार्ताका क्रममा हाल सार्वजनिक अपराधअन्तर्गत पक्राउ परेर हनुमान ढोका खोर परेका बुढाथोकीले चलचित्र निर्माता रोज राणालाई आफ्नो स्कुले साथी बताए पनि कुरा अघि बढ्दै जाने क्रममा उनले राणाविरुद्ध पनि केही कुरा बोलेका छन् । सुरुवातमा रोज राणाको चलचित्रमा नायिका बनाउने प्रस्ताव राखे पनि कुराकानीको अन्त्यमा भने उनले हिमानीलाई यौन चलचित्रको प्रस्ताव राखेको रेकर्ड सुन्दा थाहा हुन्छ । बुढाथोकीले नायिका उषा पौडेललाई पनि आफूले नै चलचित्रकी नायिका बनाएको बताएका छन् भने एक चर्चित लोकगायिकाको दाइकी छोरीका बारेमा पनि नानाभाँती कुरा गरेका छन् । उनले नेपाली चलचित्रकी नायिकाहरूका बारेमा यसो भनेका छन्- 'केटीहरूले हिरोइन बन्न पैसा हाल्नुपर्दैन, केटाहरूले मात्र पर्छ ।' कुराकानीका क्रममा उनले नेपाली चलचित्रकी नायिकाहरूको चरित्रमाथि नै प्रश्नचिन्ह लाग्ने कुरा गरेका छन् ।

निर्देशक तुलसी घिमिरेको निर्माणाधीन चलचित्र 'स्वर्गकी परी'मा नायक सुमन सिंहकी जोडी भएर अभिनय गरिसकेकी हिमानी डिसी आफ्नो तौल घटाएर पुनः चलचित्र क्षेत्रमा आउने योजनामा छिन् । हाल नाकभित्र आएको घाउ र त्यसको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अभिनयतर्फ अघि बढ्न सकिरहेकी छैनन् ।

बुढाथोकीसँगको मोबाइल वार्तालाप रेकर्ड गरिए पनि उनको विरुद्ध जान हिमानीले हिम्मत जुटाउन सकिरहेकी थिइनन् । बताइएअनुसार बुढाथोकीले अप्रत्यक्ष रूपमा उनलाई अपहरण गर्न सकिने कुरा पनि गरेका थिए । फेरि झन्डै दुई वर्षअघि ती मानिसले मोबाइलमार्फत यस्तै किसिमका कुराकानी हिमानीसँग गरेका थिए । जानकारह रूका अनुसार अभियुक्त बुढाथोकीको नायिका हिमानीसँग टाढाको मामाको छोराको नाता पनि छ, तर त्यस विषयमा आफूले खोजी नगरेको हिमानीले साप्ताहिकलाई बताइन् ।

सुरुवातमा रेकर्ड गरिएको वार्तालाई के गर्ने अन्यौलमा परे पनि साथी नायिका सौजन्य सुब्बा र अन्य सहयोगीहरूको सल्लाहमा नराम्रो नियतवश फोन गर्ने मानिस बुढाथोकीका विरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयमा हिमानीले उजुरी दिइन् । त्यसपछि प्रहरीले हिमानीबाट प्राप्त मोबाइल नम्बरका आधारमा बुढाथोकीलाई पक्राउ गरेको हो ।

मोबाइल वार्ताको रेकर्डअनुरूप बुढाथोकीलाई नेपाली चलचित्र क्षेत्रका बारेमा धेरै जानकारी रहेको बुझिन्छ । नेपाली चलचित्रप्रति चासो र जानकारी हुनुलाई सामान्य मान्न सकिन्छ । यद्यपि उनले नेपाली चलचित्रकर्मीलाई नराम्रो रूपबाट बुझेको थाहा हुन्छ । उनले नायिकाहरूका बारेमा नकारात्मक कुरा गर्नुका अतिरिक्त नायकहरूमाथि पनि दोषारोपण गरेका छन् । उनले वार्ताका क्रममा नायकद्वय निखिल उप्रेती र विराज भट्टको नाम लिँदै उनीहरू पनि चलचित्रमा पैसा हालेर आएको बताएका छन् । उनका प्रत्येक कुरालाई हिमानीले प्रतिकार गरिरहेको पनि बताइन्छ । हिमानीले प्रतिकार गर्दा राठौर अझ आवेगमा आएका छन् । रेकर्डमा दुवै पक्षको कुराकानीको शैली वादविवादजस्तो छ । सुरुवातदेखि बुढाथोकीको आशय चलचित्र क्षेत्र नराम्रो भएको र यसमा काम गरेर आर्थिक रूपमा सबल नहुने तर्कमा केन्दि्रत छ । एक प्रकारले उनले एउटी संघर्षरत नायिकालाई चलचित्र क्षेत्रका नराम्रा पाटोका बारेमा बहस गरेर उनको 'ब्रेनवाश' गर्न खोजेका छन् । 'ब्रेनवाश' गर्ने क्रम अघि बढाउँदै बुढाथोकी कुराकानीको अन्तिममा हिमानीलाई फोन गर्नुको मूल मुद्दामा नजानिँदो पाराबाट प्रवेश गरेका छन् र मूल मुद्दा उनलाई 'ब्लू फिल्म'मा खेल्ने अफर रहेको थाहा हुन्छ । कुरा जब मूल मुद्दामा प्रवेश गर्छ, हिमानी रिसाएको पनि थाहा हुन्छ । उनले झर्केर भनेकी छिन्- '..के कुरा गर्नु भा'को दाइ तपाईंले, म अघिदेखि राम्रोसँग कुरा गरिरहेको छु..तपाईं...??'

हिमानी रिसाएपछि अलिक झस्किएको स्वर निकालेर बुढाथोकी बिस्तारै मूल मुद्दाबाट टाढिन खोजेका छन् । कुराकानीको ३१ औं मिनेटमा गएर 'ल ल, पछि कुराकानी गरौला, भेटसेट गरौंला' भनेर बुढाथोकीले कुरा सकेका छन् ।

ब्लू फिल्म बनाउने गिरोह ?

हिजो बिहिबार राति कान्तिपुर टेलिभिजनको दैनिक कार्यक्रम 'कान्तिपुर आज'मा यो मुद्दाका बारेमा

ब्लू फिल्म खेल्न

कार्यक्रमका प्रदीप निरौलाले एक रिपोर्ट प्रस्तुत गरे । निरौलाका अनुसार कार्यक्रम प्रसारण हुने अन्तिम समयसम्म पनि नायिका हिमानी डिसीलाई घटनाक्रमका बारेमा खुलस्त बताइदिन आग्रह गर्दा उनी सम्पर्कमा आइनन् । यसकारण बुढाथोकीविरुद्ध मुद्दा जाहेर गरिसके पनि उनी यो मुद्दाबाट टाढिन खोजेकी हुन् कि भन्ने निरौलाको ठहर छ । यस विषयमा बुझ्न खोज्दा हिमानीले प्रहरीले कारबाही अघि बढाइसकेको अवस्थामा साथीभाइ तथा पारिवारिक सल्लाहबमोजिम यसलाई जनचासोको विषय बनाउन नखोजेको बताइन् । एक चलचित्रकर्मी भन्छन्- 'हिमानीका कारण नेपाली चलचित्रलाई बदनाम गर्ने र चलचित्रकर्मीलाई कुबाटोतर्फ लगाउने एक जना मानिस फेला परेको छ । यो मुद्दा मिडियामार्फत सार्वजनिक भए अरू सबै सावधान हुन्छन् । तर उनी किन हो डराइरहेकी छिन् ।' उनको भनाइलाई आधार मान्ने हो भने अभियुक्त बुढाथोकी यस प्रकारको कार्य गर्ने एक्ला व्यक्ति छैनन्, उनको गिरोह नै हुनुपर्छ । सुरुमा महिला कलाकारहरूलाई सामान्य कुरा गर्दै फसाउने र पछि ठूलो रकमको आशा देखाएर कुकर्ममा लगाउने कार्य गर्ने गिरोह काठमाडौंमा सक्रिय भन्ने एक सदस्य बुढाथोकी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । कतै त्यही गिरोहका कसैले हिमानीलाई धम्क्याइ पो रहेको छ कि ? तर हिमानी भन्छिन्- 'त्यसको कुनै गिरोह छैन होला । मलाई कुनै धम्की पनि आएको छैन ।' उक्त मुद्दा हेरिरहेका प्रहरी नायब उपरीक्षक शेरबहादुर बस्नेत अनुसन्धानका क्रममा त्यो पक्षको पनि खोजी गरिने बताउँदै भन्छन् -'त्यसरी टेलिफोन, मोबाइल वा पत्रमार्फत कसैले कसैलाई गालीगलौज, डर वा धम्की दिइरहेको छ भने प्रहरीमा उजुरी गरेर त्यस्ता मानिसलाई पक्रन र सजाय दिन सकिन्छ ।'

अर्कातर्फ अभियुक्त बुढाथोकीले रक्सी पिएको बेलामा गरेको कुराकानीलाई हिमानीले गलत अर्थ लगाएको बताएका छन् । 'मैले उनलाई बहिनी तिमी कहाँ छौ, के गर्दैछौ ? भन्ने कुरा बुझ्न फोन गरेको थिएँ । ब्लू फिल्म बनाउने कुरा गरेकै छैन । मसँग त्यति धेरै पैसा पनि छैन । सामान्य परिवारको छोरा हुँ र त्यो बेलामा मैले बोलेका कुरा सबै रक्सीको मातमा बोलिएका हुन् ।' -बुढाथोकीले आफ्नो बयानमा भनेका छन् ।
 

यूएइको अलकोजमा दिपक सुतेको सुतै भए
Arab news on 12/08/2009 at 7:20am (UTC)
 वैदेशीक रोजगारीको शिलशिलामा ३ महिना पहिला यूएईको अलकोज स्थित अलसरावी ग्रुप अफ कम्पनीको मोर्डन प्लास्टिक डिपार्टमेन्टमा काम गर्न आएका स्थाई घर खोटाड्गं तर अस्थाई बसोवास काठमाण्डौ दक्षिणकाली निवासी दिपक राई कहिल्यै नउठ्ने गरी सुतेको सुतै भए ।

काठमाण्डौ स्थित एस ओ एस म्यानपावरमा ७० हजार तिरी आएका राई साहुको ऋण पनि तिर्न नसकि श्रीमती र १ छोरीलाई एक्लै छोडी गए ।
डिसेम्वर ३ २००९ को विहीवार रातीको डिउटीमा मालबाहक गाडीमा माल लोड गरीरहेका राईलाई दिउसको डिउटमा गएका जगदीस र सेर बहादुर शर्माले बिहान गाडी भित्रनै उनलाई सुतिरहेको देखेर उठाउन खोज्दा उनी सधैको लागि सुतीसकेका थिए ।

अहिले उनको मृत शरिर दुवईको अस्पतालमा पोस्टमार्टमको लागि राखिएको र अहिले सम्म रिपोर्ट नआएको उक्त कम्पनीमा कार्यरत भुवन पौडेलले बताए । कम्पनीमा कार्यरत नेपालीहरुको भनाई अनुसार उनको मृत्यू गाडीमा लोड गर्दा निसास्सिएर भएको अड्कल गरे तर अहिले सम्म पोस्टमार्टमको कुनै रिपोर्ट नआएको हुनाले यसै भन्न नसकिने उनिहरुले बताए ।

उनी कार्यरत कम्पनीका नेपालीहरुले उनी भर्खरै आएको ३ महिना मात्र भएको हुनाले उनको परिवार लगायत उनको मृत शरिर नेपाल सम्म पुराउन यूएईमा स्थापना भएका सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेका छन् । अन्र्तरजातीय बिवाह गरी घरबाट निस्केर काठमाण्डौ स्थित दक्षिण कालीमा अस्थाई बसोवास गरेका दिपक राईको आर्थिक अवस्था पनि दयनिय रहेको उनका नजिकका साथीहरुले बताए
 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free