Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
क्षेत्रीय अन्तरराष्टिय बिमानस्थल निर्मा
Hamrotanhun on 12/08/2009 at 7:15am (UTC)
 पोखरा २३, मंसिर
पोखराको क्षेत्रीय अन्तरराष्ट्रीय बिमानस्थल निर्माण कार्य आजबाट सुरु हुंदैछ । पर्यटन तथा नागरीक उडड्यनमन्त्री शरदसिहं भण्डारीले अहिले १० बजेपछि पोखराको छिनेडाडामा अध्रि्रहण गरेर राखिएको जग्गामा विमानस्थल निर्माण कार्य उद्घाटन गर्नुहुनेछ । विमानस्थलमा इन्जिनियरिङ्ग र्सर्बे तथा डिटेल डिजायन तयार गर्नका लागि आजदेखि डोजर लगाएर सम्याउने कार्य शुरु हुन लागेको हो । बिमानस्थल निर्माण उच्चस्तरीय समितिले आर्थीक बर्ष२०६६/०६७ भित्रमा बिमानस्थलको चारैतर्फतारबार लगाउने कार्यलाइ निरन्तरता दिने, बिमानस्थलको धावनमार्ग तथा स्टि्रप एरियालाई ग्रेडिङ्ग गरर्ीर् इन्जिनियरिङ्ग र्सर्बे डिटेल डिजाईन कार्य गर्ने र अहिलेको आयोजना साइट अफिसको आवश्यक सुधार कार्य गर्ने लक्ष्य लिएको छ । जग्गा सम्माउनका लागि करिव १० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने वरपर तारबार गर्दा करिव ३ करोड भन्दा बढि खर्च हुने बिमानस्थल निर्माण समितिका सदस्य सचिव तथा पोखरा बिमानस्थलका म्यानेजर नरेन्द्र थापाले बताउनुभयो । अहिलेसम्म जग्गाको वरपर ३५ सय मिटर भन्दा बढि तारबार भैसकेको छ । यस्तै बिमानस्थल निर्माणका लागि करिव १२ अर्व रुपैया लागत लाग्ने अनुमान गरीएकोमा चीन सरकारले करिव साढे ६ अर्व रुपैया सहयोग दिने आश्वासन दिएको विमानस्थल निर्माण उच्चस्तरीय समितीका संयोजक राजकाजी गुरुङ्गले बताउनुभएको छ । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि छिनेडाडामा २०३२ सालमै ३१ सय ६ रोपनी जग्गा अध्रि्रहण गरिएको हो । बिमानस्थल निर्माण हुने त्यस जग्गाका २ घरपरिवारलाई बिमानस्थल निर्माण उच्चस्तरीय समितिले २०६४ सालमै २ करोड ७६ लाख रुपैया मुआव्जा तथा क्षतिपर्ुर्ती बितरण गरीसकेको छ भने बिमानस्थल वरपर अग्ला घरहरु नबनाउन समितीले र्सवसाधारणलाई अनुरोघ गरिसकेको छ । बिमानस्थल निर्माण भएपछि पोखराबाट सिधै मध्यमस्तरका जेट कम्तीमा र्सार्क क्षेत्रका मुलुकमा सञ्चालन गर्न सकिने, पर्यटकीय प्रशस्त सम्भावना भएका नेपालको दोश्रो व्यस्त बिमानस्थल चाँडै निर्माण भएमा पोखरा लगायत पश्चिमाञ्चल क्षेत्रको बिकासको लागि पर्यटकिय तथा आर्थीक दृटिकोणबाट बलियो टेवा पुग्न जाने बिश्वास समेत पर्यटन व्यवसायीहरुले लिएका छन्
 

प्रवासी नेपालीबाट दलित विद्यालयलाई आर्थि
Hamrotanhun on 12/08/2009 at 7:12am (UTC)
 पर्वत, २३ मंसिर
गाउँमा शैक्षिक विकास गर्ने उद्देश्यले प्रवासमा बस्दै आएका एक नेपालीले ८० प्रतिशतभन्दा बढी दलित विद्यार्थीले पठनपाठन गर्दै आएको एक प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
पर्वत, भुकताङले गाविस-९ स्थित झिलिवराङ प्राविको भौतिक निर्माणका लागि बेलायतमा बस्दै आएका स्थानीय सुवेदार सोमबहादुर गुरुङका परिवारले आर्थिक सहयोग गरेको हो ।

गुरुङ परिवारले विद्यालयलाई रु.५० हजार ५०० आर्थिक सहयोग गरेको छ । पाँच कक्षासम्म पढाइ हुने सो विद्यालयमा निमावि सञ्चालनका लागि पनि थप सहयोग गर्दै जाने गुरुङले आश्वासन दिनुभएको विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद शर्माले जानाकारी दिनुभयो ।
स्थानीय सरोकारवाला र गाविसले चासो नदिइरहेका बेला व्यक्तिगत रूपमा गरिएको उक्त सहयोगले विद्यालय र शैक्षिक विकासका लागि ठूलो राहत मिलेको उहाँले बताउनुभयो ।
सो परिवारको व्यक्तिगत सहयोगमा भुकताङ्ले वडा नं. ९ मा चार किलोमिटर मोटरबाटोसमेत निर्माण गरिएको छ ।
गुरुङ परिवारले स्थानीय आमा समूह र युवा क्लबलाई पनि आर्थिक सहयोग गर्दै आएको स्थानीयवासीले बताएका छन् ।
 

मृतकका परिवारलाई विमा रकम
Hamrotanhun on 12/08/2009 at 7:10am (UTC)
 मिमाद, २२ मंसिर
स्याङजा जिल्लाको चित्रे भञ्ज्याङ-५ मा पहिरोमा पनि मृत्यु भएका जौ माया मानन्धरका परिवारलाई इस्युरेन्स युनिटि लाइफले सोमबार भिमादमा एक कार्यक्रम आयोजना गरी विमा रकम हस्तान्तरण गरेको छ ।
युनिटि लाइफले राहत बापत रु १ लाख र विमा बापत ५ लाख गरी जौमायाको आश्रीत परिवारलाई हस्तान्तरण गरिएको युनिटि लाइफका शिव वाग्ले जानकारी गराउनु भयो ।
जौ मायाको २०६६ श्रावण १५ गते घर पहिरोमा परि मृत्यु भएको थियो ।
 

के-के कुरा भयो गिरिजा र प्रचण्डबीच ?
Mysasanar on 11/19/2009 at 8:30am (UTC)
 सिंगापुरको अस्पतालमा मंगलबार मध्याह्व गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच २० मिनेट कुराकानी भयो। यो वार्ताले राजनीतिमा गम्भीर प्रभाव पर्ने बताइएको छ। वार्ताका बेला कोइरालाकी छोरी सुजाता, शेखर कोइराला र कृष्णबहादुर महरा थिए।

प्रचण्डः नमस्ते गिरिजा बाबु, अहिले कस्तो छ तपाईँलाई ?
गिरिजाः ठीकै छु, किन यहाँ सि‍गापुरसम्म आउनुभएको ?
प्रचण्डः हैन, यहाँ आउने कार्यक्रम पहिले नै बनिसकेको थियो।
गिरिजाः अब यसरी हुँदैन। देशलाई हामीले मिलेर बनाउनुपर्छ। शान्ति प्रक्रिया र संविधान लेखनलाई गति दिन तपाईँ एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुस्।
प्रचण्डः हुन्छ गिरिजाबाबु, हामीले पहिले पनि यसमा सहमति जनाएका हौँ। यसको नेतृत्व पनि तपाईँले गर्नुपर्छ।
गिरिजाः हुन्छ।


गिरिजाः अब तपाईँहरुले सं‍सदको अवरोध हटाउनु पर्‍यो, बजेट पास गर्न दिनुस्। बजेट पास भएन भने देश गम्भीर संकटमा धकेलिन्छ।

प्रचण्डः पहिले यो गतिरोध अन्त्य हुनुपर्‍यो। बजेटलाई मात्र अलग विषय बनाउनु भएन। जबर्जस्ती बजेट पास गराउने भन्दैछन्। यसले त झन् स्थिति बिगार्छ मात्रै।

हामी निकै समयदेखि राष्ट्रपतिको कदमको विरोधमा आन्दोलन गरिरहेका छौँ। यसलाई त्यत्तिकै छाड्न मिल्दैन। तपाईँले हामीलाई केही स्पेस छाड्नु पर्छ।

गिरिजाः तपाईँहरुको मागप्रति हामी सत्तारुढ दल सकारात्मक छौँ। तर राष्ट्रपतिलाई लान्छना लगाउन साथीहरु तयार हुनुहुन्न।

प्रचण्डः हामीले पनि राष्ट्रपतिलाई निकाल्न खोजेका हैनौँ। उनले गल्ती गरेका हुन्, त्यसलाई सच्याइयोस् मात्र भन्ने मात्र चाहेका हौँ।

गिरिजाः त्यसो भए पख्नुस् म बीचको बाटो निकाल्छु। हामी सबै मिलेर जानुपर्छ।

प्रचण्डः त्यो पनि गरौँ न।

गिरिजाः त्यो पनि गरौँला नि।

प्रचण्डः हुन्छ गिरिजाबाबु म तपाईँको स्पिरिटसँग पूर्ण रुपमा सहमत छु। तर अब त्यसलाई औपचारिक ढंगबाट अगाडि बढाउनु पर्छ। हामीबीच यहाँ भएका सहमतिको अनुगमन गर्न तपाईँ काठमाडौँमा कसैलाई जिम्मेवारी दिनुस्। अथवा तपाईँ नै फर्केपछि सबै कुरा टु‍‍गो लगाउँला। तपाईँ कहिले फर्कने गिरिजाबाबु ?

गिरिजाः म आइतबार फर्कन्छु।

सुजाता, शेखर र प्रचण्ड स्वयंले कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, रिपब्लिका, दि हिमालयन टाइम्स, नेपाल टेलिभिजन लगायतका सञ्चारमाध्यमलाई भेटका बारेमा दिएको जानकारीका आधारमा तयार पारिएको कुराकानीको नाटकीय स्वरुप।
 

ज्ञानेन्द्रकी छोरीलाई धम्क्याउनेहरु प्र
mysansar on 11/19/2009 at 6:17am (UTC)
 ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्थे। हो रैछ। अब हेर्नुस् न, राजाकी छोरी बनेर शानले जिन्दगी बिताइरहेकी थिइन् प्रेरणा शाह। उनीहरुले गल्ती गरे पनि कहीँकतै सुनुवाई हुन्न थियो। उनीहरुलाई केही गर्न त कसैले आँट पनि गर्न सक्दैन थिए। देशमा राजतन्त्रको अन्त्य भयो। गणतन्त्र आयो। राजा सामान्य नागरिकको हैसियतमा पुगे। अब हुँदाहुँदा प्रेरणालाई उनकै सेक्रेटरीले समेत ब्वाइफ्रेन्डसँग मिलेर अपहरण र हत्याको धम्की दिँदै फिरौति माग्ने प्रयास गरेछन्।

“यदि तिमी आफ्नो श्रीमान् र छोरालाई बचाउन चाहन्छौ भने एक करोड रुपैयाँ तिम्रो निजी सचिवको हातबाट गोदावरीमा पठाउनू”

गएको हप्ता प्रेरणाको मोबाइलमा यस्तो एसएमएस आएपछि उनी र उनका श्रीमान् झसं‍ग भए। हल्लीखल्ली मच्चियो। एसएमएस आएको थियो एकताका राजाको ज्वाइँको मोबाइल भनेर चिनिने (अहिले ज्वाइँको शेयर छैन क्यारे त्यसमा) ‘मेरो मोबाइल’को ९८०८३१८०३१ बाट।

प्रेरणाका लोग्ने राजबहादुर सिंहले यो नम्बर कसको पत्ता लगाउन प्रयास गरे। तर सकेनन्। अनि उनले सुटुक्क प्रहरीलाई खबर गरे। प्रहरीले पनि तुरुन्त मेरो मोबाइलको कार्यालयमा गएर त्यो नम्बर कसको नाममा दर्ता भएको छ जानकारी लियो।

नम्बर रहेछ नेपालगन्जमा बस्ने दीपक हमालको नाममा। काठमाडौँबाटै गएको टोलीले दीपकलाई पक्रयो। दीपकको बयानबाट यो नम्बर त काठमाडौँ बस्ने उनका काका राजेश हमालले केही दिनदेखि चलाउँदै गरेको पत्ता लाग्यो।

यति जानकारी लिएपछि प्रहरीले काठमाडौँमा राजेशको खोजी गर्‍ंयो। अनुसन्धानबाट थाहा भयो उनी त प्रेरणा कै सेक्रेटरीका प्रेमी रहेछन्। प्रेरणाले एक सेक्रेटरी राखेकी रहिछिन् २७ वर्षकी प्रतीक्षारत्‍न शाह। उनका प्रेमी रहेछन् यी ३० वर्षका राजेश हमाल।

आइतबार उनले फेरि अर्को एसएमएस गरेछन्, ‘के तिमीलाई आफ्ना श्रीमान् र छोराको ज्यानको परवाह छैन ?’ भन्दै धम्क्याउँदै।

तर त्यो एसएमएस पठाएको भोलिपल्टै चाबहिलको गोपीकृष्ण हलबाट प्रहरीको टोलीले उनीहरुलाई गिरफ्तार गर्‍यो। घटनाका बारेमा पत्रकारहरुले मंगलबार मात्रै जानकारी पाए र यसबारे खबर छापिएपछि आज मात्रै सर्वसाधारणले थाहा पाए।

अब उनीहरुलाई प्रेरणाका लोग्ने कै जाहेरीमा अपहरण तथा फिरौतिसम्बन्धी मुद्दा चल्ने भएको छ।

घटना विवरण सुन्दा अनौठो लाग्छ। मोबाइलबाट एसएमएस गरी फिरौति माग्ने मूर्खता उनीहरुले किन गरे होलान् ? मोबाइलको नम्बरबाट मान्छे ट्र्याक गर्न सकिन्छ भन्ने सामान्य ज्ञान पनि उनीहरुलाई थिएन होला त ? मोबाइल पनि अरु अपरिचित कै भए त एउटा कुरा, आफ्नै भतिजाको मोबाइलबाट धम्क्याउने एसएमएस पठाएछन् त्यो पनि दुईवटा। के उनीहरुले गणतन्त्र आएपछि यी पूर्वराजपरिवारका सदस्यहरु धम्की आएपछि डराएर प्रहरीसम्म पुग्दैनन् भन्ने गलत अनुमान लगाए ? कि अर्कै कुनै षड्यन्त्र हो ? अपहरण पनि नगर्दै सामान्य एसएमएस कै भरमा एक करोड रुपैयाँ फिरौति दिन्छ भन्ने अनुमान लगाएको हो भने अब उनीहरुले जीवनभर त्यो सम्झेर पछुताउनु पर्ने हुन्छ। किनभने यिनका पछाडि कोही ठूलाठालू देखिएका छैनन् अहिलेसम्म। अनि यिनीहरुका लागि कुनै मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय पनि गर्नेवाला छैन। अब सड्ने भो यिनीहरु जेलमा।

उता प्रेरणा भने रामकृष्ण ढकालको यो गीत गुन्गुनाउँदै होलिन्- ओराली लागेको हरिणको चाल भो, बान्चुन्जेलसम्म पनि …..हाल भो, छल गर्‍यो सेक्रेटरीले, छल गर्‍यो सेक्रेटरीले’
 

सडक दुर्घटनामा दुईको मृत्यु
बुटवल on 11/07/2009 at 6:03am (UTC)
 २१ कार्तिक । बुटवलबाट रुद्रपुरतर्फ जादै गरेको लु १ ज २७ नम्बरको जिप दुर्घटनामा परि सोही जीपका सहचालकको मृत्यु भएको छ । दुर्घट्नामा परि जिपका चालक सख्त घाइते छन ।
शुक्रवार राति नौँ बजेतिर जीप पल्टिएर घाइते भएका जिपका सहचालक रुद्रपुर ९ बस्ने १८ वर्षिय पदम क्षेत्रीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको प्रहरीले बताएको छ । घाइते चालकको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यसैगरि शुक्रवारराती नै काठमाडौंको दरबारमार्गमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यू भएको छ ।
केशरमहलबाट जयनेपाल हल तर्फ जादै गरेको बा २२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको बा ६ च ३८ ५४ नं को भ्यानमा ठोक्किदा मोटरसाइकलमा सवार काठमाडौं जिल्ला लैनचौर बस्ने १९ वर्षिय भुपेन्द्र खत्री को मृत्यू भएको हो ।


 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free