Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
सरकारसँग कुरा गर्छु: देउवा
कान्तिपुर संवाददाता on 06/24/2010 at 9:24am (UTC)
 काठमाडौ, अषाढ १० - कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले न्यूजप्रिन्ट रोकिएपछि कान्तिपुर पब्लिकेशन्सले भोग्नु परेको समस्याका बारेमा सरकारसँग कुराकानी गर्ने बताएका छन् ।

बिहीबार कान्तिपुर पब्लिकेशन्समा समस्या बारे बुझ्न आएका देउवाले पहिले सरकारसँग कुराकानी गर्नुपर्ने बताए । 'म यस विषयमा सरकारसँग कुरा गर्छु । कुराकानी गरेर समस्याको समाधान गर्नु पर्छ' उनले भने, 'पत्रिका नै बन्द हुने अबस्था आउदैन र आउन दिनु हुदैन ।'

क्यानडा र दक्षिण कोरियाबाट आयात गरिएको एक हजार टन न्यूजप्रिन्ट भारतीय राजस्व अनुसन्धान निर्देशनालयलै कोलकाता बन्दरगाहामा विगत २८ दिनदेखि रोकेको छ । यसले कान्तिपुरको प्रकाशनमा नै समस्या उत्पन्न हुने अबस्था आएको छ ।
 

सहमतिको बाधक माओवादी-मन्त्री रिजाल
नागरिक on 06/24/2010 at 9:22am (UTC)
 इलाम (मङ्गलवारे), असार १०- संविधानसभा, सङ्घीय मामिला, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मीनेन्द्र रिजालले माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरेसम्म सहमति हुन नसक्ने बताएका छन्।माओवादीको जिद्दीका कारण सहमति हुन नसकेको उल्लेख गर्दै उनले शान्ति र अग्रगमनको बाटोमा आए माओवादीले सरकारको नेतृत्व गर्न सक्ने समेत बताए।

नेपाल प्रेस युनियन, इलाम शाखाले आज इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै मन्त्री रिजालले माओवादीले शान्ति, लोकतन्त्र र अग्रगमनको बाटो त्यागेकाले सहमति हुन नसकेको प्रष्ट पारे।



सशस्त्र विद्रोहको अवशेष बोकेर नयाँ संविधान बनाउन नसकिने भन्दै मन्त्री रिजालले १२ बुँदे सहमति कार्यान्वयन गर्न माओवादीलाई आग्रहसमेत गरे।
सेना समायोजन लेखिएबमोजिम नै हुने बताउँदै उनले निर्धारित मापदण्ड पूरा नगरेका जनसेनालाई नेपाली सेनामा समायोजन हुन नदिने स्पष्ट पारेका छन्।रासस
 

बल्ल तयार भए तीन ठूला दल
टंक पन्त on 06/24/2010 at 9:20am (UTC)
  चार महिनादेखि अवरुद्ध भएको संविधान निर्माण प्रक्रिया प्रारम्भ गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन्।

माओवादी लडाकूहरुको समायोजन र सत्तासंघर्षका कारण संविधान निर्माण कार्य गत चैतदेखि पूर्ण रुपमा ठप्प रहेको छ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा बुधबार प्रमुख राजनीतिक दल माओवादी कांग्रेस र एमालेका शीर्षनेताहरु एकै ठाउँ बसेर अन्य विषयमा सहमति गर्न ढिलाइ भए पनि संविधान निर्माण कार्य अगाडि बढाउनुपर्ने अध्यक्ष नेम्वाङको प्रस्तावलाई स्वीकार गरेका छन्।

संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माण कार्य अवरुद्ध भएकै कारण जनतामा निराशा अन्योल र आक्रोश पनि बढेको छ भन्दै संविधान निर्माण कार्यलाई यथाशीघ्र अगाडि बढाउनुपर्छ र त्यसमा दलका नेताहरुले समय दिनुपर्यो भनी विशेष आग्रहसमेत गर्नुभएको बैठकका सहभागी नेताहरुले बताएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ देव गुरुङ पोष्टबहादुर बोगटी एकराज भण्डारी कांग्रेसका रामचन्द्र पौडेल डा. रामशरण महत राधेश्याम अधिकारी लक्ष्मण घिमिरे रमेश लेखक एमालेका अध्यक्ष झलनाथ खनाल अग्नि खरेल र युवराज कार्की सहभागी हुनुभएको अनौपचारिक बैठकमा अध्यक्ष नेम्वाङले संविधान निर्माण नै अहिलेको पहिलो काम हो भनी प्राथमिकतामा राखेर भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले गत जेठ १४ गते भएको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्छ तर त्यो सहमति कार्यान्वयनमा ढिलाइ हुन्छ भने पनि संविधान निर्माण कार्य नरोकौं भन्नुभयो।

अध्यक्ष नेम्वाङको प्रस्तावप्रति आफूहरु सहमत भएको भन्दै तीन दलका शीर्षनेताहरुले भने- ‘अब हामी संविधान निर्माणलाई अन्य विषयसँग नजोडी भूमिका निर्वाह गर्दछौं। तर प्रक्रिया अगाडि बढाउनुअघि विवादित विषय र पार्टीले तय गर्नुपर्ने आन्तरिक नीतिबारे टुंगो लगाउनुपर्छ त्यसैले आन्तरिक तयारीका लागि समय राखौं।’ नेताहरुको तयारीका लागि तीन दिन समय छुटुइएकाले अर्को बैठक आगामी आइतबार हुने भएको छ।

संविधानसभाका ११ वटा समितिले दिएका प्रतिवेदनमध्ये तीनवटा मात्र संवैधानिक समितिमा जान सकेका छन् भने आठवटा प्रतिवेदनमा रहेका केही एजेन्डामा दलहरुबीच सहमति हुन नसकेका कारण संवैधानिक समितिमा जान सकेका छैनन्। संविधानसभाले प्रारम्भिक प्रतिवेदनमा उल्लिखित विषयहरुलाई कसरी संविधानमा समेट्ने भनी निर्देशनसहित संवैधानिक समितिमा पठाएपछि सो समितिले संविधानको मस्यौदा तयार गर्न थाल्छ। संविधानसभाले निर्देशनसहित प्रतिवेदन पठाउन नसकेपछि संवैधानिक समिति कामविहीन भएको छ। संविधानसभाबाट प्रतिवेदन पठाउन दलहरुबीच सहमति जरुरी हुन्छ। त्यही सहमति कायम गर्ने उद्देश्यले दलहरुबीच अनौपचारिक कुराकानी प्रारम्भ भएको अध्यक्ष नेम्वाङले जानकारी गराउनुभएको छ।

राज्यको शासकीयस्वरुप के-कस्तो हुने ? कार्यकारी राष्ट्रपति कि प्रधानमन्त्री संघीय प्रदेशहरु कति हुने ? प्रदेशको नाम के हुने ? न्यायालय कस्तो हुनेजस्ता महत्वपूर्ण विषयमा दलहरुबीच सहमति हुन बाँकी छ भने संविधानबमोजिम राज्यको पुनःसरचना आयोग पनि बनाउन बाँकी छ। सो आयोग गठन गर्ने बारेमा दलहरुबीच सैद्धान्तिक सहमति भइसके पनि त्यसलाई के कति अधिकार दिने भन्ने विषयमा दलहरुबीच सहमति हुन बाँकी नै छ। माओवादीले आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न संविधानसभा बाध्य हुँदैन भन्ने धारणा राख्दै आएको छ भने एमाले कांग्रेसले सहमतिका आधारमा आयोग बनाएपछि त्यसलाई संविधानसभाले आफ्नो सम्पत्तिको रुपमा ग्रहण गरी त्यसको सुझावलाई आधार मान्नुपर्ने धारणा राख्दै आएका छन्। त्यही विवादले आयोग गठन हुन ढिलाइ भइरहेको छ।

बुधबारको अनौपचारिक बैठकमा नेताहरुले छिट्टै सहमति गरी सबै प्रक्रिया अगाडि बढाउने कुरामा नेताहरुले प्रतिबद्धता व्यक्त गरेका कारण अब संविधान निर्माण प्रक्रिया अगाडि बढ्ने विश्वास संविधानसभा सचिवालयले गरेको छ।

नियमावलीलाई संशोधन गरी कतिपय महत्वपूर्ण विषयमा छलफल गर्दै गर्ने गरी बाँकी सहमतिका विषयलाई संवैधानिक समितिमा पठाउने या विवादित विषय पनि त्यहीँबाट टुंग्याउने गरी पठाउने कि भन्ने विकल्पका बारेमा पनि बैठकमा छलफल भएको बताइएको छ।

संविधानसभाका अध्यक्ष नेम्वाङ नेताहरुका घरघरमा पुगेर एक चरण गम्भीर कुराकानी गरे पनि बल्ल तीन दलका नेताहरु संविधान निर्माण कार्यलाई प्रारम्भ गर्ने गरी एकै ठाउँ बसी छलफल गर्न तयार भएका छन्।
 

छुट्टा-छुट्टै दुर्घटनामा तीनको मृत्यु
रासस on 06/24/2010 at 9:18am (UTC)
 धादिङ , अषाढ १० - धादिङ जिल्लामा बिहीबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

काठमाडौंबाट मनकामनातर्फ जादै गरेको बा २ ख ११३८ नम्बरको माइक्रोबस भूमिस्थान गाविस कोइरालेडाडामा सडकमा पल्टिदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला रुम्जाटार गाविस-१ का २४ वर्षीय अजय गुरुङ रहेका छन् भने एक महिलाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा नौजना घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उद्धार गरी काठमाडौंको वीरअस्पताल र बी एन्ड बी अस्पताल पठाइएको छ ।

यसैगरी आज बिहान त्रिभुवन राजपथको थाक्रे गाविस-१ मा ईट्टा बोकेको ट्रक सुङ्गुरे पुलनजिक खोल्सामा खस्दा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना ४ ख ३०१४ नं. को उक्त ट्रक दुर्घटनामा मकवानपुर जिल्ला चुरियामाई गाविस वडा नं. १ का आइते मोक्तानको मृत्यु भएको हो ।
 

तीन नेत्रविहीन सहित ३५ शिक्षक पक्राउ
पूर्ण विके on 06/24/2010 at 9:15am (UTC)
 तनहुँ, अषाढ १० - अन्य शिक्षक सरह समान ज्यालाको माग सुनुवाई नभएको भन्दै शिक्षा कार्यालयको मुल गेटमा तालावन्दी गरेर आन्दोलनमा उत्रिएका तीन जना नेत्रविहिन शिक्षक सहित ३५ जना राहत शिक्षकलाई प्रहरीले विहिवार पक्राउ गरेको छ ।

जिल्ला शिक्षा अधिकारी खड्गवहादुर कमालसँग सेवा सुविधाको व्यवस्था गर्ने वारेमा वार्ता असफल भएपछि आन्दोलन स्वरुप राहत शिक्षकले तालावन्दी गरेका थिए । तालावन्दी गरेको केही समयमा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राहत शिक्षक संघर्ष समतिका अध्यक्ष गोविन्द भट्टराई लगायतका रहेका छन् ।

प्रहरीले पक्राउ गरेका तीन जना दृष्टिविहीन राहत शिक्षकहरुमा कृष्णप्रसाद अधिकारी, चिनवहादुर कुमाल र तुलसी थापा रहेका छन् ।

अन्य शिक्ष्ाक सरह तलव भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका आफूहरुलाई प्रहरीले अमानवीय व्यवहार गर्दै पक्राउ गरेको समितिका सचिव उत्सुक अधिकारीले वताए । 'शान्तिपूर्ण धर्नामा वसेका हामीलाई प्रहरीले अमानवीय व्यवहार गर्दै पक्राउ गर्‍यो ।' उनले राहत शिक्षकमाथिको मागलाई सम्वोधन नगरे आफूहरु थप कडा आन्दोलनमा जान वाध्य हुने वताउँदै भने, 'प्रहरी ज्यादती वढ्दै गए थप आन्दोलनमा उत्रने छौं ।'

जिशिअ कमालले ताला नगलाउनको लागि कार्यालय खुल्नु लगत्तै आफूले आग्रह गरेपनि नमानेको बताए । 'हामीले तालावन्दी गरेर सर्वसाधारणलाई असजिलोमा नपारौं भनेर आग्रह गर्‍यौं ।' कमालले भने, 'तर साथीहरुले कुनै कुरा सुन्नु भएन ।'

प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले राहत शिक्षकले कार्यालयमा तालावन्दी गर्ने कार्य गरेकाले पक्राउ गर्न वाध्य हुनु परेको वताए । 'तालावन्दी गर्ने काम नगर्नुस् भन्दा राहत शिक्षकवाट सुनुवाई भएन ।' सरकारी कार्यालयमा सर्वसाधारणलाई अवरोध पुर्‍याउने कार्य भएकोले पक्राउ गर्नु परेको वताउँदै पौडेलले भने, 'उहाँहरुले सरकारी कार्यालयमा तालावन्दी गर्नु हुन्थेन ।'
 

मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाबाट प
हाम्रो तनहुँ on 06/24/2010 at 9:14am (UTC)
 हाम्रो तनहुँ
नदीमा पानीको वहाव वढेपछि मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाबाट हाल पुरै उत्पादन दिन थालेको छ ।
परियोजनाका अनुसार ७० मेगावट क्षमताको भनिएको परियोजनाको क्षमता ८० मेगावटसम्म भएकोले पिक आवरमा ७० देखि ७५ मेगावटसम्म उत्पादन गर्दैआएको छ ।
परियोजनाका जलविद्युत उत्पादन केन्द्रका प्रमुख महेन्द्र अधिकारीका अनुसार नदीमा पानीको वहाव वढेको र ८० मेगावट क्षमतासम्मको परियोजनाबाट पिक आवरमा ७० देखि ७५ मेगावटसम्म विजुली उत्पादन गर्दैआएको जानकारी दिनुभयो ।
 

<-Back

 1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free