Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
बलात्कारी १३ वर्ष पछि जेल चलान
महेश्वर चामलिङ राई on 06/21/2010 at 12:46pm (UTC)
 महेश्वर चामलिङ राई, उदयपुर, असार ७- बलात्कारको अभियोग लागि फरार एक युवा १३ वर्षपछि जेल चलान भएका छन्। १३ वर्षअघि स्थानीय दुई किशोरीलाई बलात्कार गरेर फरार रहेका त्रियुगा नगरपालिका १० देउरीका नजरुल मियाँ शुक्रबार राति पक्राउपछि जेल चलान भएका हुन्।

अदालतले मियाँलाई २०६० साल माघ १३ गते बलात्कारको अभियोग प्रमाणित गरी ४ वर्षको कैद सजाय तोकेको थियो। तर, उनी अदालतको फैसलालगत्तै फरार भएका थिए। फरार रहेकै बेला प्रहरीले अभियुक्तबिरुद्ध जिल्ला अदालत उदयपुरमा मुद्दा दायर गरेर कानुनी प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेर अदातलमा बुझाएको जिल्ला प्रहरी निरीक्षक अनिल पौडेलले बताए। २०५५ साल पुस ३० गते त्रियुगा नगरपालिका १० देउरी बजार नजिकैको जंगलमा साँझपख दुई किशोरीलाई मियाँसहित दुईजनाले जबरजस्ती बलात्कार गरेर फरार भएका थिए।

प्रहरीले बुझाएलगत्तै मियालाई अदालतले जेल चलान गरेको अदालतका नायव सुब्बा नरेन्द्र श्रेष्ठले बताए। बलात्कार घट्नामा संलग्न अन्य दुईजनाको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ।
 

नुनथला चौकीबाट लुटिएका सबै हतियार फेला
महेश्वर चामलिङ राई on 06/21/2010 at 12:43pm (UTC)
 महेश्वर चामलिङ राई, उदयपुर, असार ७ - डेढमहिनाअघि किरात जनबादी वर्कर्स पार्टीको आक्रमणबाट लुटिएको खोटाङको नुनथला प्रहरी चौकीका हतियारमध्ये एकथान आइतबार राति प्रहरीले बरामद गरेको छ। बुईपा-२ बाट राति साढे ९ बजे थ्रीनट थ्री राईफल बरामद गरेको खोटाङ प्रहरी निरीक्षक श्याम ओलीयाले बताए।

निरीक्षक ओलीयाको कमाण्डमा गएको गस्ती टोलीले मान्छे बस्न छाडेको एक भत्किएको घरबाट सो हतियार फेला पारेको जनाएको छ। गजेन्द्र राईको पूरानो भत्किएको घरमा वर्कर्स कार्यकर्ताले लुकाएर राखेको अवस्थामा उक्त हतियार फेला पारेको ओलीयाले बताए। घरधनी राई परिवार भने ६ बर्षअघिदेखि नै अन्यत्र बसाई सरिसकेकाले सो घरमा कोही मान्छे नबस्ने गरेको प्रहरीले जनाएको छ।

यो सहित नुनथला चौकी आक्रमणबाट लुटिएका सबै थ्रीनट थ्री राईफल प्रहरीले बरामद गरिसकेको छ। यसअघि गत जेठ २४ गते रतन्छा-२ मबुबाट ४ थान थ्रीनट थ्री राईफल, ९८ थान गोली र अन्य बन्दोबस्तीका सामान फेला पारेको थियो। वर्कर्स कार्यकर्ताले बैसाख २० गते राति नुनथला चौकी आक्रमण गरी ५ थान थ्रीनट थ्री राईफल, ४ सय ५५ थान गोली, एक थान पेस्तोल र अन्य बन्दोबस्तीका सामान लुटेका थिए।
 

यस्तो छ प्रधानमन्त्रीको सम्पत्तिविवरण
रासस on 06/21/2010 at 12:42pm (UTC)
 काठमाडौं, अषाढ ७ - प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका छन् ।

विवरणअनुसार उनको गृहजिल्ला रौतहटको गौर नगरपालिका वडा नं ९ मा घरसहित दुई कित्ताको १७ धुर जग्गा, श्रीमती गायत्रीको नाममा चन्द्रनिगाहपुर वडा नं १ मा करिब एक कठ्ठा ११ धुर जग्गा र काठमाडौं महानगरपालिका वडा नं ३५ कोटेश्वरमा घरसहित एक रोपनी चार आना तीन पैसा र तीन दामको जग्गा रहेको छ ।

प्रधानमन्त्रीकी श्रीमतीको आयस्रोतका रूपमा सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी पनि रहेको छ । त्यस्तै प्रधानमन्त्रीको आफ्नै आयस्रोतका रूपमा राष्ट्रिय वाणिज्य बैंक गौर, नेपाल बैंक लिमिटेड कुपन्डोल, स्टयान्डन्र्ड चार्टर्ड बैंक नयाँ बानेश्वर र एभरेस्ट बैंक लिमिटेड सिँहदरबारमा कुल रु १२ लाख ५३ हजार ११८। ०२ बचत रहेको छ ।

प्रधानमन्त्रीको नवयुग सहकारीमा आˆनै आयस्रोतबाट रु १० हजारको सेयर रहेको छ भने श्रीमतीको नाममा मनमोहन मेमोरियल अस्पताल, जनता बैंक (पहिले पिपुल्स बैंक) रावा बैंक सहकारी कोष र रावा बैंक केन्द्रीय कार्यालयमा गरी कुल रु २७ लाख दुई हजार ७२५ को सेयर रहेको छ ।

श्रीमती नेपालले आˆनो नोकरी अवधिमा तिर्नुपर्ने गरी कर्मचारी सुविधाबापत लिएको रकम भने रु नौ लाख १४ हजार ८७६ रहेको विवरणमा जनाइएको छ ।

उन अन्य सम्पत्तिमा टेलिभिजन, रेफ्रिजेरेटर,कम्प्युटर, क्यामरा, फर्निचर आदि छन् ।
 

काभ्रेका अनुप बने विश्व बिजेता
मनोज बस्नेत on 06/21/2010 at 12:40pm (UTC)
  काभ्रे, अषाढ ७ - अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका एक युवा विजेता बनेका छन् ।

काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय अनुप पौडेल बिजेता बनेका हुन् । उनले 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र बनाएर प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । भिडियो मार्फत डेमोक्रेसीको परिभाषा उल्लेख गर्नुपर्ने उक्त प्रतियोगीतामा उनले १ मिनेट ३० सेकेन्डको भिडियो क्लिप तयार पारेका थिए ।

उनले चारवटा फरकफरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरेका थिए । डेमोक्रेसी भनेको एकता, स्वतन्त्रता, शान्ति र मायालाई उनले परिभाषित गरेका थिए । मैले बनाएको भिडियो उत्कृष्ट भएकोमा साह्रै खुशी लागेको छ' उनले भने 'यो मेरो मात्र बिजय नभई नेपालको समेत बिजय हो ।'

उनले उक्त प्रतियोगितामा बिजय भई नेपाली पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्ने कुरा देखाउन सके । बिजेता बनेपछि उनी अफ आफ्नो भिडियो देखाउनका लागि अमेरिकाको न्यूवर्क लगायतका क्षेत्रमा जाने अवसर पाउनेछन् । उनको उक्त भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने उनले बताए ।

ओस्कार कलेज अप फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा प्रथम भएका थिए ।

विश्व विजेता बन्न पौडेल सफल भएपछि उनको गाउँ महादेवस्थानमा खुशीयाली छाएको छ । कुन बेला अनुप गाउँमा आउँलान र पुष्पहार सहित अविरले रङ्गाउन पाईने हो भन्ने आशामा स्थानीय बासी रहेका छन । 'अनुप विश्व विजेता बनेपछि हामी धेरै खुशी भएका छौ' स्थानीय राजन पौडेलले भने 'यो हाम्रो गाउँ, जिल्ला र देशकै लागि गौरवको कुरा हो ।'

प्रतियोगिता जित्न सफल भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् http://www.youtube.com/watch?v=52mmgGmuMmo&feature=related
 

एघार बर्षीय वालक अपहरित
कान्तिपुर संवाददाता on 06/21/2010 at 12:39pm (UTC)
 परासी , अषाढ ७ - नवलपरासीको पोखरापालीका एक राईसमील संचालकका नातीको आइतबा राति अपहरण भएको छ । रामग्राम नगरपालिका ६ स्थित राजेश राईस एण्ड चिउरा मिलका संचालक पटवारी बनियाका नाती ११ बर्षीय आसिस बनियाको ८ बजे पोखरापाली चोकबाट अपहरण भएको हो ।

हरिनारायण बनियाका छोरा आसिस साँझ चटपटे खानका लागि घरबाट चोकमा आउदै गर्दा अपहरणकारीले आसिसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको बाटो हुदै लगेको हुनसक्ने संचालक पटवारी जनाए । अपहरणपछि केही समय खोजतालस गरे पनि कतै फेला नपरेको परिवारिक श्रोतले जनाएको छ ।

बालकले लगेको ९७२७८४५४५० नम्बरको युटिएल मोवाईल एकै छिनमा स्वीच अप गरिएको थियो । परासीको लिटिल एन्जल्स उच्च माविको कक्षा ४ मा अध्यनरत बालकलाई दिउस देखि अपहरणकारीले पच्छयाउदै आएको र घरबाट निस्कने वित्तिकै अपहरण गरि लगेको परिवारको दाबी छ ।

बालकको अपहरणबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएपछि प्रहरीले चाासो नलिएको आरोप पनि स्थानीयबासीको छ । तर प्रहरीले बालकको खोजी गर्न सबै प्रहरी नेटवर्कमा सूचना गरिसकेको जनाएको छ
 

बिक्रीका लागि भारत लग्दै गरेका दुई युवतीक
विमल खतिवडा on 06/21/2010 at 12:37pm (UTC)
 पर्वत , अषाढ ७ - भारततर्फ बिक्रीका लागि लैजान लागेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्वतले सोमबार दुई युबतीको उद्धार गरेको छ ।

बागलुङ्गबाट बिरगञ्जतर्फ जाँदै गरेको बसमा रहेका दुई युबतीलाई चेकजाँचको क्रममा पर्वत सदरमुकाम स्थित शिवालय चोकबाट उद्दार गरिएको प्रहरी निरिक्षक भगत गुरुङले बताउनु भयो । उद्दार गरिएका १५ र १९ बर्षका दुबै युवती खड्का थरका हुन् । बागलुङ्ग जिल्लाको सिंगाना गाबिस घर भएका उनीहरुले घर झगडा गरी काम खोज्दै पर्वत आयको प्रहरीलाई बयान दिएका छन् ।

युवतीलाई बिक्री गर्न लैजान लागेको आशंकामा बिरगञ्ज नगरपालिका २ घर भई बागलुङ्ग बजारमा होटल सञ्चालन गर्दै आएका ५० वर्षीय रबिन्द्र राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवती र राजपुतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ्ग पठाईएको पनि निरिक्षक गुरुङले जानकारी दिए
 

<- Back  1  2  3  4  5  6  7  8  9 Continue -> 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free