Lovely Bhimad - News
  Home
  Bhimad
  News
  Photo
  Download- MP3
  World Cup Lives
  Software Download
  Articals
  World Cup 10-Vote
  Online Movie
Update( समाचार)
दर्ुघटनामा एक घाइते
Tanahun on 11/07/2009 at 5:57am (UTC)
 दमौली, १९ कार्तिक । पृथ्वीराजमार्गको दमौली मुग्लिङ्ग सडकखण्ड अर्न्तर्गतको आँबुखैरेनीको बरादीमा बसको ठक्करबाट मोटरसाइकलमा यात्रा गरेका एक यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार आँबुखैरेनीबाट दमौली तर्फआउँदै गरेको बा २ ख २८३५ नम्बरको बसले डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ग १ प ७८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखा ३ किलो भन्ने स्थानका वर्ष२२ का सुवास थापा घाइते भएका हुन् । उपचारका लागि थापालाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
 

कुटपिट गरी लुटपाट
Tanahun on 11/07/2009 at 5:55am (UTC)
 तनहुँ, २० कात्तिक । जिल्लाको छाङ र खैरेनीटार गाविसको सिमानामा पर्ने खैरेनीटार गाविस-९ मा आज बिहान एक महिलालाई अज्ञात समूहले कुटपिट गरी लुटपाट गरेको छ ।
सोही गाविस निवासी ५२ वषर्ीया राममाया थापालाई गोठमा जानेक्रममा अज्ञात समूहले निर्घर्ााकुटपिट गरी कानमा लगाएको रिङ लुटी लगेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
घाइते थापाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको बताइएको छ ।
यसैबीच कात्तिक १ गते बसको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ ।
गोरखा च्याङ्ली-९ का ६० वषर्ीय भुइँचिल कुमालको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँबाट बागलुङ जाँदै गरेको बा.२ख ३७२० नम्बरको बसले बन्दीपुर गाविस-४ मा ठक्कर दिई घाइते बनाएको थियो ।
 

महायज्ञमा १ करोड ४० लाखभन्दा बढी दान संकलन
Hamro Tanhun on 11/04/2009 at 5:29am (UTC)
 भिमाद, १७ कार्त्तिक
जनज्योती क्याम्पस भिमादको सहयोगार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सफलता पर्ूवक सप्मन्न भइ आयोजकको अपेक्षा पुरा भएको छ
कार्त्तिक ९ गते उद्घाटन भए सञ्चालित महायज्ञको पर्ुव मन्त्री तथा तनहुँ क्षेत्र नं. ३ का संविधान सधा सदस्य किरण गुरुङ्गले एक समारोहका बीच समापन गर्नु भएको छ ।
महायज्ञ समापन गर्नुहुँदै सभासद गुरुङ्गले क्याम्पसको सहयोर्थ संसद क्षेत्र विकास कोषबाट १ लाख ५० हजार सहयोग प्रदान गर्ने वचन वद्धता व्यक्त गर्नुभयो ।
यस अगाडि महायज्ञको विधिबत समापनका अवसरमा भावगत भाष्कर युवा पण्डित कमल नयन गौतमले सवै प्रति आभार एवं धन्यबाद ज्ञापन गर्दै जनज्योती क्याम्पसको स्थायीत्व र उन्नतिका लागि दानदाताहरुलाई आभार व्यक्त गर्नुभयो ।
मूल समारोह समितिका संयोजक दधिराज सुवेदीको सभापतित्वमा आयोजित समापन समारोहमा नेपाल विद्यार्थीसंघका अध्यक्ष प्रदिप पौडेलले जनज्योती क्याम्पस पुस्तकालयका लागि स्व. कल्याण खनालको स्मृतिमा ४ लाख बराबरको आवश्यक पुस्तक र फर्निचर जुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समापनका अवसरमा तरुणदलका महासचिव पुप्प पराजुली एवं अधिवक्ता रविनारायण खनाल, महायज्ञ मूलसमारोह समितिका महासचिव राजेन्द्र कृष्ण श्रेष्ठ, सहसंयोजक धु्रव सुवेदी लगायतले मन्तव्य व्यक्त गर्दै प्राप्त दान रकमलाई पारदर्शिपर्ुण्ा तरिकाले सदुपयोग गरिने वचनवद्धता व्यक्त गरेका थिए ।

 

पूजाले गरिन कात्तिके विहे
Blog on 11/02/2009 at 8:09am (UTC)
 पूजाले गरिन कात्तिके विहे
1 Nov, 2009 news


यौनरत भिडियोक्लीप सार्वजनिक भएपछि विवादमा आएकी नायिका तथा गायिका पूजा लामाले अन्तत विवाह गरेकी छिन । उनी र उनका व्याईफ्रेन्ड शिसिर स्यागंतागंविचको यौनक्रियाको भिडियो क्लीपको बारेमा समाचार सार्वजनिक भएपछि पूजा र शिसिरले आइतवार मध्यान्ह भद्रकाली मन्दीरमा सञ्चारकर्मीहरुलाई बोलाएर विवाह गरेका हुन । दुबैले विवाह समारोहमा सो भिडियो क्लीप आफ्नै रहेको स्विकार पनि गरेका छन । मोवाइलवाट जिस्कीएर खिचेको स्विकार गर्दै भिडियो क्लीप बाहिर कसरी आयो भन्ने थाहा नभएको दुबैले बताएका थिए । पेशाले सिशिर डिजे रहेछन । उनी विशालनगरमा बस्दै आएका थिए भने दुबै जनाले आइतवार औपचारिक रुपमा विवाह गरेपनि एकवर्षदेखी दुबै संगै बस्दै आएको बताए ।
सेक्स क्लीप सार्वजनिक भएर विवादमा तानिएकी उनी पहिलो नायिका भने हैनन नै । यस अगाडि नायिका नम्रता श्रेष्ठको २६ मिनेट लामो सेक्स टेप सार्वजनिक भएको थियो । सेक्स क्लीप सार्वजनिक भएदेखि नम्रता भुमिगत भएपनि पूजाले भने हिम्मत गरेर विवाह गरिन ।
नायिका तथा गायिका पूजा विभिन्न स्क्यान्डल मच्याएर बारम्बार विवादमा आइरहने पात्र हुन । उनको यो पहिलो विवाह पनि हैन । यस अगाडि नै उनले विराज लोप्चनसंग विवाह गरेर विवाह गरेको सात महिनामै छोडपत्र गरेकी थिइन । लोप्चनको तर्फवाट एक छोरा छ उनको जो उनैसित छ । लोप्चनपछि चलचित्र निर्देशक दिनेश डिसीसंगको प्रेम प्रशंगवाट पनि उनी बारम्बार चर्चामा आइरहिन । २०६३ मा त उनले दिनेशले धोका दिएको भन्दै स्लिपिगं ट्यावलेट खाएर आत्महत्याको प्रयास गरेकी थिइन । तर, समयमै उनको परिवारले चाल पाएर अस्पताल लगेर जोगाएका थिए उनलाई ।

रातो सारीमा सजिएर विवाह गर्न आएकी पूजा निक्कै हंसिली देखिएकी थिइन आइतवार । दुलाहा बनेका शिसिर पनि मक्ख देखिएका थिए । अबका दिनमा चै पूजाको जीवन सुखदायि बनोस । यही शुभकामना ।
 

नेपाली-नेपाली बिच छुरा हाना हान, एकको मृत्य&#
Arab News on 10/29/2009 at 3:25pm (UTC)
 साउदी अरबको रियाद स्थित पुरानो रियादको बाटॊमा पर्ने अल सुलईमान मजराहा कृषि मा तिहार मनाउने क्रममा नेपाली नेपाली वीच सामान्य टि भि च्यानलको बारेमा झगडा हुँदा एकको मृत्यु र चार जना साउदी अरबको जेलमा परेका छन् । बिगत ५, ६ महिनादेखी काम गर्दै आएका डिल बहादुर श्रेष्ठ, तनहुँ, राम बहादुर तामाङ्ग, सिन्धुपालचोक, सन्तोष कुमार जमर कटेल, बैरबन्द, मोरङ्ग खीपुरी, चित्र बहादुर चितवन रहेका छन् । ५ जना एकै साथ काम गर्दै आएका थिए ।

१६ अक्टोबर गोरु तिहारको बेलुका भएको रात्री भोजनमा टि.भि च्यानलको बारेमा झगडा हुँदा ३४ बर्षीय सन्तोष कुमार जमर कटटेललाई, तनहुँका डिल बहादुर श्रेष्ठ तथा सिन्धुपालचोकका राम बहादुर तामाङ्गले, पहिला हात पात गरेपछी रिसको झोकमा सन्तोष कुमार जमर कटटेलले कोठाबाट धारिलो छुरी ल्याई सिन्धुपालचोकका राम बहादुर तामाङ्गलाई पहिलो प्रहार गर्दा खुट्टामा लागेको थियो ।

दोस्रो प्रहार तनहुँका डिल बहादुर श्रेष्ठ लाई पेटमा प्रहार गर्दा छुरी पेटबाट ननिकालीकन छुरी माथी उचालीदिएका थिए । प्रत्यक्षीदर्शीको भनाई अनुसार डिल बहादुर लाई छिटो हस्पिटल लगेको भए बाँच्न सक्थे। छुरी प्रहार गरीसके पछी पनि सन्तोष कुमार जमरकट्टेल त्यहाँ बाट भागेका भने थिएनन् केहि समय पछी भागेर काम गर्दै आएको (साउदी कपिल) कम्पनी मालिकलाई फोन गरि बोलाए पनि डिल बहादुरको रगत धेरै बगेका कारण अन्तिम अवस्थामा पुगिसकेको र हस्पिटल लैजादा लैजादै बाटोमानै डिल बहादुर श्रेष्ठको मृत्यु भएको जनाए ।

मृतक लगायत चारै जना अभियुक्त अबैध रुपमा भागेर काम गर्दै आएका थिए ।हाल उनीहरुलाई साउदी अरबको खलेदिया हिरासतमा छानबिनको लागि राखिएको छ । अदालती कारर्वाही लागी लगभग दुइ हप्ता समय लाग्ने वताइएको छ भने अब यी नेपालीहरुलाई साउदी सरकारको कानुन अनुसार कारवार्हि गर्दा मृत्यु दण्ड सम्मको सजायँ हुन सक्छ ।
 

गिरिजाप्रसाद कोइरालालाई मोटरसाइकल उपहार
msysansar on 10/27/2009 at 5:24am (UTC)
 ल है दशैँतिहारको उपलक्ष्यमा इन्द्रचोक क्लबले बेचेको चिठ्ठामा २२० सीसीको पल्सर मोटरसाइकल उपहार त गिरिजाप्रसाद कोइरालालाई पो परेछ। गिरिजाप्रसाद कोइराला त क्या लक्की नाम पो रहेछ।
कहिलेकाहीँ पत्रपत्रिकामा विज्ञापन हेर्न पनि मज्जा हुन्छ। आजै हेर्नुस् न अन्नपूर्ण पोस्टमा छापिएको चिठ्ठाको यो एउटा विज्ञापन।

कोइरालाको नाममा परेको भए पनि पूर्वप्रधानमन्त्री कोइरालालाई भने चिठ्ठा परेको हैन होला। हो भने त गिरिजा निवासको ठेगाना पनि राखिन्थ्यो होला।

किनभने यो अस्ति एक जना नेपालीले अमेरिकी बूढालाई ठगेर टाप ठोकेको चिठ्ठा जस्तो हैन। यो चिठ्ठामा नाम खाली पनि राख्न पाइन्छ। हेर्नुस् न माथि कति चिठ्ठा पर्नेको नामै छैन। अनि जयमनकामना माइ, जयपशुपतिनाथ जस्ता नामहरु पनि राख्ने गर्छन्। माथि हेर्नुस् त दक्षिणकाली ठेगाना भएका दक्षिणकाली माइले वासिङमेसिन उपहार पाइछन्। गिरिजालाई पल्सर र दक्षिणकाली माइलाई वासिङ मेसिन के काम !

दक्षिणकाली माइलाई समेत जितेर यस पटक यो चिठ्ठाको पहिलो पुरस‌्कार गिरिजाप्रसाद कोइरालाको नाम राख्नेले पो पाएछन्। कति लक्की रहेछ यो नाम, हैन त ? ल है अब चिठ्ठा किन्ने मेसो परेमा यही नाम राख्दा जाति। के थाहा तपाईँको तालुमा आलु फल्ने पो हो कि !

 

<- Back  1  2  3  4  5  6  7  8  9 

Continue->

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free