 |
|
|
|
 |
 |
Update( समाचार)
'चीनको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिजî
Kantipur on 06/20/2010 at 3:11pm (UTC) | | काठमाडौं, अषाढ ६ - गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति र व्यापारिक गतिविधि रहेको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गरेको छ ।
आइतबार चीनको दक्षिणी व्यापारिक शहर ग्वान्झाउमा सकिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो वार्षिक अधिवेशनले वाणिज्यदूतावास खोल्न आवश्यक पहल गर्न लागि नेपाल सरकार र एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
अधिवेशनले बुद्धको जन्मस्थान नेपाल नै हो भनेर सरकारी, गैरसरकारी र अन्य संघसंस्थालाई जानकारी दिने तथा प्रकाशित कृति सच्च्याएर लेखकलाई सत्यतथ्यलाई बाहिर ल्याउन पहल गर्ने निर्णय गरेको छ । यस्तै विश्वका विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा जाँदाआउँदा विमानस्थल र अध्यागमनमा हुने दुर्व्यवहारलाई सच्याउन माग गरेको छ ।
एनआरएन चीनले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन एनआरआएन चीनको तर्फबाट यथासक्य पहल गर्ने तथा काठमाडौं उपत्यकाको उचितरुपमा फोहर ब्यवस्थापन गर्न र अध्यागमन सेवालाई चुस्त र सरल बनाउन एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य सहरसम्मको यातायात व्यवस्थालाई ब्यवस्थित गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारलाई सशक्तरुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
अधिवेशनले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको वर्षौदेखिको चाहना नयाँ संविधान निर्धारित समयमा जारी गर्न आव्हान गर्ने निर्णय गरेको छ । एनआरआएन चीनको दोस्रो वार्षिक अधिवेशनको उदघाटन चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्की र एनआरएन आइसीसी अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा गरेका थिए ।
| | |
|
रामचन्द्रलाई प्रधानमन्त्री बनाउने कांग्
Kantipur on 06/20/2010 at 3:09pm (UTC) | | काठमाडौं, अषाढ ६ - सत्तारुढ कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाउने निर्णय गरेको छ ।
तीन दिनदेखि जारी केन्द्रीय समितिको आइतबार सकिएको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन छलफल सुरु गर्ने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए । अवको सरकारको नेतृत्वका विषयमा कांग्रेसभित्र मतभेद भएपछि पार्टी धारणा तय गर्न लगातार बैठक बसेको थियो ।
अवको सरकारको नेतृत्वबारे बरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलले दाबी गर्दै आएका छन् । श्रोतका अनुसार कांग्रेसले अवको नेतृत्व संसदीय दलका नेता रामचन्द्र पौडेलका नाममा समर्थन जुटाएको छ ।
बैठकमा कार्यवाहक सभापति सुशील कोइरालाले विधिसम्मत ढंगले पार्टीले नेतृत्वका बिषयमा टुंगो लगाउने बताएका थिए । 'विधिसम्मतरुपमा अवको सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्छ,' नेता प्रकाशमान सिंहले बैठकपछि भने, 'संसदीय दलको विधानअनुसार सरकारको नेतृत्व संसदीय दलका नेताले नै गर्छन् ।'
| | |
|
Kantipur
'चीनको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिजî on 06/20/2010 at 2:59pm (UTC) | | काठमाडौं, अषाढ ६ - गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति र व्यापारिक गतिविधि रहेको ग्वान्झाउमा यथाशीघ्र नेपाली वाणिज्यदूतावास खोल्न आग्रह गरेको छ ।
आइतबार चीनको दक्षिणी व्यापारिक शहर ग्वान्झाउमा सकिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो वार्षिक अधिवेशनले वाणिज्यदूतावास खोल्न आवश्यक पहल गर्न लागि नेपाल सरकार र एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
अधिवेशनले बुद्धको जन्मस्थान नेपाल नै हो भनेर सरकारी, गैरसरकारी र अन्य संघसंस्थालाई जानकारी दिने तथा प्रकाशित कृति सच्च्याएर लेखकलाई सत्यतथ्यलाई बाहिर ल्याउन पहल गर्ने निर्णय गरेको छ । यस्तै विश्वका विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा जाँदाआउँदा विमानस्थल र अध्यागमनमा हुने दुर्व्यवहारलाई सच्याउन माग गरेको छ ।
एनआरएन चीनले नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन एनआरआएन चीनको तर्फबाट यथासक्य पहल गर्ने तथा काठमाडौं उपत्यकाको उचितरुपमा फोहर ब्यवस्थापन गर्न र अध्यागमन सेवालाई चुस्त र सरल बनाउन एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य सहरसम्मको यातायात व्यवस्थालाई ब्यवस्थित गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारलाई सशक्तरुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
अधिवेशनले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको वर्षौदेखिको चाहना नयाँ संविधान निर्धारित समयमा जारी गर्न आव्हान गर्ने निर्णय गरेको छ । एनआरआएन चीनको दोस्रो वार्षिक अधिवेशनको उदघाटन चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्की र एनआरएन आइसीसी अध्यक्ष देवमान हिराचनले संयुक्तरुपमा गरेका थिए ।
| | |
|
माओवादीलाई के सुझाव दिए बुद्धिजीवी र उद्य
कान्तिपुर संवाददाता on 05/12/2010 at 9:26am (UTC) | | काठमाडौं, वैशाख २९ - माओवादीले राजधानीको याक एण्ड यती होटलमा अहिले बुद्धिजीवी, नागरिक समाज र उद्यमीहरुसँग अन्तर्क्रिया गरिरहेको छ । पहिलो सत्रमा अहिले बुद्धिजीवी, नागरिक समाज र उद्यमीहरुले सुझाव दिइरहेका छन् ।
युवराज संग्रौला, अधिवक्ता
- कसैले हठ गर्नुहुँदैन । समयमै संविधान बनेन भने बृहत् शान्ति सम्झौताको म्याद सकिन्छ । लडाकुको अवस्था के हुन्छ ।
- समयमै संविधान बनेन भने मुलुकको अवस्था गम्भीर हुन्छ समयमै ध्यान दिनुहोस् ।
कृष्णप्रसाद भण्डारी, अधिवक्ता
कुशकुमार जोसी
- निजी क्षेत्र कहिल्यै पनि बन्द चाहँदैन । त्यही शान्तिको चाहनाले गर्दा जनता सडकमा शान्तिका लागि आएको थियो ।
- सरकारले तत्काल निकाश खोल्नुपर्छ भनेर हामीले सरकारलाई पनि भनेका छौं । चिठ्ठी पठाएको भनेर जवाफ आयो, तर त्यो निकास होइन ।
- नेपाली जनता द्वन्द्व चाहदैन । आन्दोलनपछि वार्ता हुदैन भने किन आन्दोलन स्थगन गरेको त ?
- शान्ति भेलामा आएकाहरुले चप्पल लगाउनेलाई पनि सुकिला मुकिला हेर्न चाहन्छौं । त्यसमा कुनै दललाई होच्याएको होइन । त्यो दलको होइन, त्यो निष्पक्ष नेपाली जनताको आवाज थियो ।
- हामीलाई भिजिलान्ते भनियो, के हो भिजिलान्ते भनेको के हो । हामी त्यो बुझ्दैन ।
पद्म ज्योति
- संविधान नबनेसम्म ठूलो नीति बनाएर मात्र हुँदैन ।
- नागरिक समाजलाई सरकार चलाउन दिएर नेताहरुले संविधान बनाउन लाग्नुपर्छ ।
-
महेश अग्रवाल
- जननिर्वाचित सरकार भए पनि आर्थिक, सामाजिक र राजनीतिक समस्या जस्ताको तस्तै भए ।
- पटक-पटक निर्वाचन गर्दा आर्थिक अवस्था समस्याग्रस्त हुन्छ ।
राजेन्द्र खेतान
- मुलुकलाई सहमतिको बाटोमा हिडाउन सवै लागौं ।
सुन्दरमणि दीक्षित
- माओवादीले जंगल जाँदा बुद्धिजीवीहरुलाई सोधेर गएको थिएन ।
- माओवादीलाई एजेण्डाका आधारमा जनताले जिताएका हुन् । त्यसैले यो एजेण्डाबाट भाग्न पाउँदैन ।
- यो सरकारले १२ घण्टाभित्र राजिनामा दिनुपर्छ । एउटा व्यक्तिले मुलुकलाई बन्धक बनाउन पाउँदैन ।
दमननाथ ढुंगाना
- शक्ति हुनेको बुद्धि पनि हुनुपर्छ । नभए त्यही शक्तिले नष्ट गर्दछ ।
- बलिदान गरेको पार्टीले अब सरकारको बलिदान पनि गरोस् तर संविधानसभाको बलिदान नगरोस् ।
पद्मरत्न तुलाधार
- किन लामो समयदेखि सहमति हुन सक्दैन । घर जग्गा फिर्ता, लडाकु समायोजन किन टुंगिदैन ।
- हामी मध्यस्थता गर्न तयार छौं । के गर्नुपर्दछ ।
| | |
|
११ किलो चरेस सहित दुई पक्राउ
प्रतिमा बाँस्कोटा on 05/12/2010 at 9:25am (UTC) | | काठमाडौ, वैशाख २९ - लागु औषध नियन्त्रण कार्यान्वयन एकाइले बुधबार राजधानीबाट ११ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।
नयाँ बानेश्वरस्थित एकाइका प्रहरी नायव उपरीक्षक दिवसराज उदासले राजधानीको सतुंगल-८ बाट ११ किलो चरेस सहित गणेस चौधरी र कृष्ण चौधरी पक्राउ परेको जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए
| | |
|
बच्चा जन्माउन नसकेर मृत्यु
भीम बहादुर सिंह on 05/12/2010 at 9:24am (UTC) | | जाजरकोट , वैशाख २९ - प्रसुति सेवाको अभावमा सुत्केरी हुन नसक्दा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खगेनकोट २ की १८ बर्षीय कृष्ण कुमारी वलीको मगंलबार राति बच्चा जन्माउन नसकेर मृत्यु भएको हो ।
स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै उच्च रक्तश्रावका कारण उनको मृत्यु भएको हो । उनको घरबाट इलाका स्वास्थ्य चौकी दल्ली पुग्न झण्डै ३ घण्टा समय लाग्ने गर्छ ।
गतबर्ष मात्र यस जिल्लामा सुत्केरी हुन नसक्दा १५ जना महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ । जिल्ला भरी गर्भवति हुने चार हजार बढी महिला मध्ये ३ सय ५० ले मात्र प्रसुति केन्द्रमा सुरक्षित सुत्केरी सेवा लिएका थिए भने २ सय ५० ले स्वास्थ्यकर्मीको सहयोगमा र अन्य सुत्केरी महिला घरमै जोखिमपूर्ण रुपले सुत्केरी हुने गरेको जिल्ला स्व्ाास्थ्य कार्यालयले जनाएको छ ।
| | |
|
|
|
|
 |
|
|